Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रेडियो जागरणका समाचार प्रमुख मास्कीको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रेडियो जागरणका समाचार प्रमुख मास्कीको मृत्यु

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७९ · 0
रेडियो जागरणका समाचार प्रमुख मास्कीको मृत्यु
60
SHARES
ShareTweet

बुटवल, ९ कात्तिक । रेडियो जागरणका समाचार प्रमुख एवम बुटवलका निश्कलंक र स्वच्छ छविका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ ।
दुई हप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिनु भयो । रानालाई डेंगुसंगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो ।
राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटि सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको उपाध्यक्ष र सचिव समेत रहेर काम गर्नुभएको थियो ।
वि सं. २०३१ साल साउन १५ गते स्याङजाको कालीगण्डकी गाउँपालिका ३ बारीचौरमा जन्मिनुभएका रानाले २०५४ सालदेखि बुटवलबाट प्रकाशन हुने नयाँ दिशा दैनिकबाट पत्रकारिता शुरु गर्नुभएको थियो । २०६४ सालदेखि हालसम्म बुटवल स्थित रेडियो जागरणमा कार्यरत हुनुहुन्थ्यो । केहीवर्ष अघि श्रीमती गुमाएका रानाका बृद्ध आमा, दुई छोरी र एक छोरा छन् ।
घरको आर्थिक अवस्था कमजोर भएका रानाको मृत्युसंगै दुई छोरी र एक छोराको पालन पोषण र शिक्षादिक्षामा चुनौति थपिएको बताईएको छ ।
स्वर्गीय पत्रकार रानाको आजै उहांको जन्मस्थल स्याङ्गजामा नै अन्तिम दाह संस्कार गरिएको छ ।
पत्रकार मास्कीको निधन प्रति पत्रकार महासंघ रुपन्देही, नेपाल प्रेस युनियन र पेस सेण्टर नेपाल लगायतका पत्रकार सम्वद्ध संस्थाहरुले विज्ञप्ति जारी गरी दुख ब्यक्त गरेका छन् ।

≪ Previous Post

रुपन्देहीमा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

Next Post ≫

तिलोत्तमा स्थित गौशालामा गृहमन्त्री बालकृष्ण खाँणद्वारा गोवद्र्धन पूजा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क