बुटवल, ९ कात्तिक । तिलोत्तमा नगरपालिका स्थित शंकरनगर र करहिया सामुदायिक वन क्षेत्रमा अवस्थित गौशालामा गोवद्र्धन पूजा गरिएको छ ।
गौशालामा गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी गृहमन्त्री एवं नेपाली कांग्रेस रुपन्देही क्षेत्र न. ३ का उम्मेदवार बालकृष्ण खांण, रुपन्देही क्षेत्र न.१ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल, रुपन्देही २ प्रदेश सभा २ (क) का उम्मेदवार कुमार केसी, तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँण लगायतले पूजा अर्चना गर्नुभएको हो ।
यस्तै देवदह नगरपालिकामा रहेको कामधेनु गौशालामा बुटवलका नगरप्रमुख खेलराज पाण्डेय, बुटवल ४ का वडाध्यक्ष नरिश्वर पौडेल लगायतले गोवद्र्धन पर्वतमा पूजा गरेको योगी शोमराजले जानकारी दिनुभयो ।