Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्न सरकार गम्भिर छ : गृहमन्त्री खाँण
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्न सरकार गम्भिर छ : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७९ · 0
नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्न सरकार गम्भिर छ : गृहमन्त्री खाँण
120
SHARES
ShareTweet

भैरहवा, ९ कात्तिक । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्ने सवालमा सरकारले छलफल अगाडी बढाउने बताउनु भयो । उहाँले कवि र साहित्यकारहरु देश र समाजको प्रतिबिम्ब भएको समेत बताउनु भयो ।
नेपाल सम्बत ११४३ को अवसरमा बुधवार भैरहवामा नेवाःखलः सिद्धार्थनगरद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उहाँले नेपाल सम्बतका प्रवर्तक राष्ट्रिय बिभूति शंखधर साख्वालाई सम्झिदै जुनसुकै भाषाको भएपनि साहित्यकारहरु नेपालको गहना रहेको बताउनु भयो ।
फरक प्रसंङ्गमा बोल्दै मन्त्री खाँणले नेपालले पटक पटक बिपद्हरु भोगेको र यसको मार अहिले सम्म परिरहेको बताउनु भयो । गृहमन्त्री खाँणले कोभिडको समयमा देखिएको समस्याको असर अहिले अर्थतन्त्रमा परेको जिकिर गर्नु भयो । नेपालको अर्थतन्त्रलाई जोगाउने बिषयमा निर्वाचन आयोगले पनि सोचिदिनु पर्ने जिकिर गर्नु भयो ।

भैरहवामा २ सय बढीको म्हः पूजा
भैरहवामा २ सय बढीको म्हः पूजा गरिएको छ । म्ह पुजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व भएको नेवाःखलः सिद्धार्थनगरका पूर्व अध्यक्ष विजयगोविन्द श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार नेवारी भाषामा म्हः भनेको शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीर भित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको छ । समग्र देवता ऊर्जा शक्ति विश्व ब्रम्हाण्ड मानव शरीर भित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रूपमा यो पर्व विकास भएको श्रेष्ठको भनाई छ । नेवार अगुवा विजयगोविन्द श्रेष्ठले बिक्रम सम्बत भारतबाट आयतित सम्बत भएकोले यसको सट्टा नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा मान्यता दिनुपर्ने बताउनु भयो ।

 

≪ Previous Post

तिलोत्तमा स्थित गौशालामा गृहमन्त्री बालकृष्ण खाँणद्वारा गोवद्र्धन पूजा

Next Post ≫

रुपन्देही २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क