Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७९ · 0
रुपन्देही २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने
110
SHARES
ShareTweet

बुटवल, ९ कात्तिक । रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ पाँच दलीय गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ ।
गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिका थापालाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधवार संयुक्त विज्ञप्ति जारी गरि रुपन्देही क्षेत्र नम्बर २ मा सत्तारुढ पाँच दलीय गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको जनाएका छन् ।
पाँच दलको यो निर्णय संगै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धीका रुपमा गठबन्धनको उम्मेदवार रहेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनले कसलाई समर्थन गर्ला भन्ने कौतुहलता मेटिएको छ ।

रुपन्देही २ मा सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार थापालाई समर्थन गरेवापत जनमुक्ति पार्टीले रुपन्देही–२ का प्रदेश सभाका दुबै क्षेत्र तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३ र ५ मा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने छ ।
रुपन्देही २ मा प्रदेशसभा क मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दीर्घबहादुर केसी र प्रदेशसभा ख मा माओवादीका वामदेव क्षेत्री उम्मेदवार छन् भने एमालेबाट लिला गिरी र भोजप्रसाद श्रेष्ठ उम्मेदवार छन् ।
रुपन्देही २ मा तिलोत्तमा नगरपालिकाका १ देखि ६, बुटवल उपमहानगरको १ देखि १३ र सैनामैना नगरपालिकाको १ देखि ४ वटा गरी २३ वटा वडा पर्दछन् ।
१ लाख २८ हजार ६७७ मतदाता रहेको रुपन्देही–२ मा एमालेका पौडेल र जनमुक्तिका थापासंगै केही साना पार्टी र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस बीपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् ।

यस्तै रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु वि.क. स्वतन्त्र उम्मेदवार छन् ।

≪ Previous Post

नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्न सरकार गम्भिर छ : गृहमन्त्री खाँण

Next Post ≫

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३७ वजे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क