Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बैंकको चर्को ब्याज विरुद्ध हातमा कालो पट्टी बाँधेर बुटवलका ब्यवसायीको विरोध प्रदर्शन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बैंकको चर्को ब्याज विरुद्ध हातमा कालो पट्टी बाँधेर बुटवलका ब्यवसायीको विरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
बैंकको चर्को ब्याज विरुद्ध हातमा कालो पट्टी बाँधेर बुटवलका ब्यवसायीको विरोध प्रदर्शन
120
SHARES
ShareTweet

बुटवल, ४ कात्तिक । चर्को बैंक व्याज विरुद्ध चरणवद्ध आन्दोलन गरेको रुपन्देही व्यापार संघले आज शुक्रबारदेखि हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध सुरु गरेको छ ।
चर्को बैंक व्याज विरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम अन्तरगत संघले आज हातमा कालो पट्टी बाँधेर बिरोध सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकले २०७९ भदौं ७ गते इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जा सम्बन्धमा मिति २०७९ कार्तिक १ गतेदेखि लागू हुने गरी जारी गरेको चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट उत्पन्न परिस्थितिप्रति बिरोध जनाउँदै आन्दोलनमा रहेको संघका सदस्यहरुले बुटवलका हाटजबार लाईन, अमरपथ, ट्राफिकचोक, जेसिस चोक लगायत सबै क्षेत्रमा रहेका व्यवासीहरुले हातमा कालो पट्टी बाँधेर सांकेतिक बिरोध गरेका हुन् ।
आन्दोलनकै कार्यक्रम अन्तर्गत रुपन्देहीका उद्योगी तथा व्यापारिक संस्थाहरुको सञ्जालले संयुक्त रुपमा आज शुक्रबार नै नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखा मार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
संघका महासचिव दयानिधि भण्डारीले पछिल्लो समयमा नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तीय संस्थाहरुबाट विना कारण पटकपटक व्याजमा भैरहेको बृद्धिले निकै मर्कामा परेका बताउनुभयो ।
बैंक, वित्तिय संस्थाहरुबाट लिएका ऋणको व्याज अस्वाभाविक रुपमा बृद्धि गरिएको र त्यसमा कसैको निगरानी नहुदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको व्यवसायीहरुको गुनासो छ ।

≪ Previous Post

रुपन्देही–२ : राजु गुरुङको रिटमाथिको पेसी आज, रिट सुनुवाइको पहिलो नम्बरमा

Next Post ≫

सत्ता गठबन्धनको लुम्विनी प्रदेशस्तरीय प्रशिक्षण, प्रधानमन्त्री देउवा, प्रचण्ड, नेपाल र केसीले समवोधन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क