Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही–२ : राजु गुरुङको रिटमाथिको पेसी आज, रिट सुनुवाइको पहिलो नम्बरमा
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही–२ : राजु गुरुङको रिटमाथिको पेसी आज, रिट सुनुवाइको पहिलो नम्बरमा

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
रुपन्देही–२ : राजु गुरुङको रिटमाथिको पेसी आज, रिट सुनुवाइको पहिलो नम्बरमा
110
SHARES
ShareTweet

काठमाडौं, ४ कात्तिक । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ मा उमेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङले आफ्नो उमेदवारी खारेजीको विरुद्धमा सर्वोच्च अदालतमा दिएको रिटको आज पेसी तोकिएको छ । गुरुङको रिट सुनुवाइको पहिलो नम्बरमा परेको छ ।
असोज ३१ गते न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अल्पकालिन अन्तिरम आदेश दिदैँ कात्तिक २ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । कात्तिक २ गते बुधबार पेसी चढेर पनि हेर्न नभ्याइनेमा परेको उक्त मुद्दा आज कात्तिक ४ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उमेदवार रहेको उक्त क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उमेदवारी खारेज गरेको थियो । बैंकिङ कसुरमा दोषी रहेको पाइएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उमेदवारी खारेज गरेको थियो ।
सोहीविरुद्ध गुरुङले हालेको रिटमा अन्तरिम आदेशको विषयमा सुनुवाइ गर्न बुधबार न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी परेको थियो । तर, हेर्न नभ्याइनेमा परेपछि उक्त रिटमाथि सुनुवाइ हुन सकेन ।
गत आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले रुपन्देही २ का निर्वाचन अधिकृतको कार्यालयले गरेको गुरुङको उमेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो ।
गुरुङको उमेदवारी फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएको थियो । उनले निर्वाचन आयोगमा उमेदवारी बदरविरुद्ध उजुरी पनि गरेका थिए । आयोगले बदरको निर्णय सदर गरेपछि गुरुङको आयोगका विरुद्ध रिट लिएर सर्वोच्चमा पुगेका हुन् । गुरुङलाई ७८ पुस १२ मा चेक अनादरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सजाय भएको थियो ।

≪ Previous Post

देवदहमा पाँच दलीय गठबन्धको क्षेत्रीय भेला

Next Post ≫

बैंकको चर्को ब्याज विरुद्ध हातमा कालो पट्टी बाँधेर बुटवलका ब्यवसायीको विरोध प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क