Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ देवदहमा पाँच दलीय गठबन्धको क्षेत्रीय भेला
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो वार्षिक कार्ययोजना

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनले बनायो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त : पक्षमा १७२ र पिक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको सदस्य पदमा उम्मेदवारी दिने

उबासंघ बुटवलका अध्यक्ष कसजूले महासंघको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवदहमा पाँच दलीय गठबन्धको क्षेत्रीय भेला

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
देवदहमा पाँच दलीय गठबन्धको क्षेत्रीय भेला
60
SHARES
ShareTweet

देवदह, ४ कात्तिक । रुपन्देहीको क्षेत्र नं. १ मा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारलाई जिताउने रणनीति अनुसार क्षेत्र नं. १ का ३३ वटै वडामा विहीबार संयुक्त बैठक तथा छलफल गरिएको छ ।
त्यस्तै एकीकृत समाजवादी क्षेत्र नं. १ ले रुपदेहीको देवदहस्थित भवानीपुरमा आयोजना गरेको क्षेत्रीय भेलामा गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार नेता घनश्याम भूसाल, प्रदेश सभा (क) का उम्मेद्वार विश्वनाथ यादव, (ख) का अब्दुल रज्जाक तथा अगुवा नेता कार्यकर्ताले आआफ्ना धारणा राखेका थिए ।
भेलालाई सम्बोधन गर्दै नेता भुसालले नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले छायाँमा पारेका कयौं असन्तुष्ट एमाले नेता कार्यकर्ताहरुलाई साथमा लिएर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । लोकतन्त्र बलियो बनाउन परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्ने उहांले औंल्याउनुभयो । लोकतन्त्र बलियो भएमात्र देश र जनताले समृद्धिको चाहना पुरा गर्ने उल्लेख गर्दै उहांले गठबन्धनका उम्मेद्वारले निर्वाचन जितेमात्र क्षेत्र नं. १ मा विकासका धेरै बाटहरु खुल्ने बतायउनु भयो ।
प्रदेश सभा (ख) का उम्मेद्वार अब्दुल रज्जाकले यस क्षेत्रको विकासमा आफूले सक्दो प्रयास गरेको र त्यसको मूल्याङ्कन गरेर यसपटक पनि गठबन्धनका उम्मेद्वारलाई जनताले जिताउने विश्वास ब्यक्त गर्नुभयो ।
प्रदेश सभा (क) का उम्मेद्वार विश्वनाथ यादवले क्षेत्र नंं. १ को समग्र विकासको लागि पाँच दलीय गठबन्धनका उम्मेद्वारले जसरी पनि जित्नुपर्ने आवश्यकता औंल्याउदै आफूहरुलाई बिजयी गराउन जनतासमक्ष आग्रह गर्नुभयो ।
कार्यक्रममा एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराई, टंक पोखरेल लगायतले पनि धारणा राख्नुभएको थियो । देवदहबाहेक निर्वाचन क्षेत्र अन्तर्गत पर्ने अन्य पालिका तथा वडाहरुमा पनि गठबन्धनमा आवद्ध दलहरुको बैठक, चुनावी रणनीतिका विषयमा छलफल भैरहेका निर्वाचन परिचालन समितिका संयोजक हिरा केसीले जानकारी दिनुभयो ।

≪ Previous Post

रोटरी र स्पोन्सर क्लवहरुबीच इन्टरसिटी बैठक

Next Post ≫

रुपन्देही–२ : राजु गुरुङको रिटमाथिको पेसी आज, रिट सुनुवाइको पहिलो नम्बरमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क