Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी र स्पोन्सर क्लवहरुबीच इन्टरसिटी बैठक
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी र स्पोन्सर क्लवहरुबीच इन्टरसिटी बैठक

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
रोटरी र स्पोन्सर क्लवहरुबीच इन्टरसिटी बैठक
60
SHARES
ShareTweet

बुटवल, ४ कात्तिक । रोटरी क्लवहरुको इन्टरसिटी बैठक रुपन्देहीको मणिग्राममा सम्पन्न भएको छ । रोटरी क्लव अफ बुटवलको आयोजनामा बुटवल अन्तर्गतका स्पोन्सर क्लवहरुको संयुक्त बैठक सम्पन्न भएको हो ।
रोटरी क्लव अफ बुटवलले आफ्नो १४ सय ३७ औं बैठकको साथै इन्टरसिटी बैठकको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर राजिव पोखरेलले इन्टरसिटी बैठकले रोटरी क्लवहरुबीचको सम्बन्धलाई सुदृढ तुल्याउने र सामाजिक कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने बताउनुभयो । उहांले रोटरीले संसारभर खेलेको भूमिकाको आम नागरिकले उच्च प्रशंसा गरिरहेको भन्दै रोटरीप्रतिको विश्वासलाई कायम राख्न र अगाडि सारिएका प्रोजेक्टहरुलाई कार्यान्वयन गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । साथै उहांले क्लवको प्रशासनिक क्षेत्रलाई प्रभावकारी बनाउनका लागि गर्नुपर्ने कामका बारेमा पनि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले रोटरीले शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै रोटरीले गर्ने काममा स्थानीय सरकार प्रमुखको नाताले सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
प्रेसिडेन्ट काउन्सिलका अध्यक्ष अजयमान श्रेष्ठले फेलोसिप र सर्भिस प्रोजेक्ट रोटरीको मुटु रहेको भन्दै यसतर्फ ध्यान दिन सबै रोटरीयनहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले रोटरीले सम्पन्न गरेका परियोजना र विभिन्न क्षेत्रमा गरेका कामबारे प्रकाश पार्नुभएको थियो ।
गौतमबुद्ध मुटु अस्पतालमा क्याथ ल्याव सञ्चालनदेखि लिएर लुम्बिनी प्रादेशिक अस्पताल र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा अक्सिजन प्लान्ट तथा शंकरनगर वनबाटिकामा बालरेलदेखि लिएर वनबाटिकामै इ लर्निङ एण्ड साइन्स थिएटर जस्ता ठूला प्रोजेक्ट रोटरीले सम्पन्न गरिसकेको उहांले जानकारी गराउनु भयो । उहांले स्पोन्सर क्लवहरु रोटरी, रोट¥याक्ट, इन्ट¥याक्ट र आरसिसी क्लवहरुको गतिविधिको बारेमा पनि जानकारी गराउनुभएको थियो । अध्यक्ष पियाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा रोटरीले अन्य थुप्रै काम गरेको र मानवीय सहायताका काममा पनि रोटरीले महत्वपूर्ण कामहरु गर्दै आएको पनि जानकारी दिनुभयो ।
त्यस अवसरमा रोटरीयन भरतकुमार श्रेष्ठ, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष भोजबहादुर खत्री, डिष्ट्रिक क्लव सर्भिस कमिटी चेअर राजेन्द्र ढकाल, क्लवका जिल्ला सल्लाहकार प्राध्यापक रामचन्द्र आचार्य, पुर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, सचिव लालहरि पाण्डेलगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

व्यापार संघले बुझायो चर्को व्याज विरुद्व गभर्नरलाई ज्ञापनपत्र

Next Post ≫

देवदहमा पाँच दलीय गठबन्धको क्षेत्रीय भेला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क