Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ व्यापार संघले बुझायो चर्को व्याज विरुद्व गभर्नरलाई ज्ञापनपत्र
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

व्यापार संघले बुझायो चर्को व्याज विरुद्व गभर्नरलाई ज्ञापनपत्र

संसारपोस्ट संवाददाता · ४ कार्तिक २०७९ · 0
व्यापार संघले बुझायो चर्को व्याज विरुद्व गभर्नरलाई ज्ञापनपत्र
80
SHARES
ShareTweet

बुटवल, ४ कात्तिक । रुपन्देही व्यापार संघले राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ र त्यसबाट व्यापार व्यवसायमा परेको प्रभाव एवं बैंक वित्तिय संस्थाहरुले व्याजदरमा गरेको बृद्धिको विरोधमा ध्यानाकर्षण भएको भन्दै चरणबद्ध आन्दोलनहरु शुरु गरेको छ ।
संघले पहिलो चरणको आन्दोलन अन्तर्गत विहिबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा मार्फत नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेसहितको संघको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रञ्जना पौडेललाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको थियो ।
ज्ञापन पत्र हस्तान्तरण गर्दै संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले राष्ट्र बैंकको गलत नीतिका कारण बैंकहरुले व्याज दर बढाएर व्यापार व्यवसाय चलाउनै नसकिने परिस्थितिको सिर्जना भएको भन्दै यथाशक्य समाधानको निम्ति आग्रह गर्नु भयो । पछिल्लो समय नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा बैंक वित्तिय संस्थाहरुबाट विना कारण व्याज बृद्धि गर्दा व्यवसाय सञ्चालनमा गम्भिर असर परेको भन्दै उहांले यसलाई नसच्याएमा व्यवसायीहरु पेशाबाट पलायन हुने अवस्था सिर्जना हुने बताउनु भयो । बैंक वित्तिय संस्थाहरुबाट लिएका ऋणको व्याज अस्वभाविक रुपमा वृद्धि गरिनुका साथै त्यसमा कसैको निगरानी नहुनु ज्यादै दुःखद पक्ष रहेको स्मरण गराउदै उहांले त्यसमा राष्ट्र बैंकले ध्यान दिन र व्याज दर घटाउन आग्रह गर्नु भयो ।
संघले ज्ञापन पत्रमा नेपाल राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र बैंकको चर्को व्याजका कारण व्यवसाय क्षेत्रमा देखिएको जटिलतालाई हटाउन र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि तत्काल बृद्धि गरिएको व्याजदर घटाउनु बाहेक अर्को कुनै विकल्प नभएको उल्लेख गरेको छ । संघले आकाशिदो व्याजदर नियन्त्रणको लागि हाल विद्यमान स्प्रेड दर १ प्रतिशतमा घटाउनु पर्ने, बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरिनु पर्ने, नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई प्रवाह गर्ने ऋण ५ प्रतिशतनै कायम गरिनु पर्ने, तरलताको समुचित व्यस्थापन गर्नका लागि पुँजीगत खर्च समयमै गर्नु पर्ने यदि नभएको खण्डमा सरकारी खातामा रहेको रकम बैंक वित्तिय संस्थामा प्रवाहको व्यवस्था मिलाएर वजारमा पुँजी चलायमान गराउन सुझाव समेत दिइएको संघका महासचिव दयानिधि भण्डारीले बताउनुभयो ।
ज्ञापन पत्र ग्रहण गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रञ्जना पौडेलले संघले प्रस्तुत गरेको विषयवस्तुलाई सकारात्मक रुपमा आफुले लिएको बताउदै व्यवसायीहरुको मागलाई आफुले इमानदारिताकासाथ सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेसहित वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, द्वित्तीय उपाध्यक्ष दिपकप्रसाद अधिकारी, महासचिव दयानिधि भण्डारी, सचिव फर्सुराम पन्त, सह–कोषाध्यक्ष मणि खनाल, कार्यसमिति सदस्य प्रकाशराज पौडेल र कार्यालय प्रमुख सरोज पोखरेलको सहभागिता रहेको थियो । यस्तै संघले चर्को बैंक व्याज विरुद्धका आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिंदै जाने र सोही कार्यक्रम अन्तर्गत आज कात्र्तिक ४ गते शुक्रबार सबै व्यापारिक प्रतिष्ठानहरुमा विरोधको सांकेतिक स्वरुप कालो पट्टी बाँधेर आ–आफ्नो व्यवसाय संचालन गरेका छन् ।

≪ Previous Post

कल्याणकारी सहकारीद्वारा नीलकण्ठ बावा धाममा खाद्यान्न सहयोग

Next Post ≫

रोटरी र स्पोन्सर क्लवहरुबीच इन्टरसिटी बैठक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क