Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेकपा रुपन्देही बैठक ः विभाग गठन र कार्यविभाजन सर्वसम्मत
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेकपा रुपन्देही बैठक ः विभाग गठन र कार्यविभाजन सर्वसम्मत

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0
नेकपा रुपन्देही बैठक ः विभाग गठन र कार्यविभाजन सर्वसम्मत
90
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीको बुधबार भैरहवामा बसेको दोस्रो पूर्ण बैठकले सर्वसम्मत रुपमा जिल्ला कमिटीका विभाग गठन, जिम्मेवारी बाँडफाँड र कार्यविभाज गरेको छ । बैठकले एक सय ७५ सदस्यीय जिल्ला कमिटीबाट ५७ सदस्यीय सचिवालय गठन गरेको छ ।
जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी समिति सदस्य, प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश कमिटीका अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा, पार्टी केन्द्रीय सदस्य, रुपन्देही जिल्ला इन्चार्ज तथा प्रदेश सरकारका मन्त्री लिला गिरीलगायतले सम्बोधन गर्नुभएको थियो ।
बैठकले सचिवलाय गठन, विभागहरु गठन, जनसंगठन तथा भूगोलको जिम्मेवारी, निर्वाचन क्षेत्र (प्रतिनिधि सभा र प्रदेश सभा) अन्तर्गतका इन्चार्ज र पार्टी कार्यकर्ताको सदस्यता नवीकरण लगायतका निर्णयहरु गरेको छ ।
क्षेत्रीय इन्चार्जहरुमा प्रतिनिधि सभा तर्फ क्षेत्र नं. १ मा यज्ञ गैरे, २ मा तेजेन्द्र केसी, ३ मा हितराज पन्थी, ४ मा गुलाम अली र ५ मा नरबहादुर थापालाई जिम्मेवारी दिइएको छ । यस्तै ती क्षेत्रीय कमिटीका सचिवहरुमा क्रमशः गोविन्द पंगेनी, हुमानाथ न्यौपाने (सुदीप), प्रेम गुरुङ, शिवचन यादव र भोला बस्याल रहनुभएको छ ।
प्रदेश सभाका निर्वाचन क्षेत्रहरुमा संयोजक र सचिवमा क्रमश ः क्षेत्र नं. १–१ मा सञ्जय गुप्ता र मोती ढकाल, १–२ मा हेमन्त पाण्डे र इन्द्रजित यादव, क्षेत्र नं. २–१ मा शिव घिमिरे र देवी वाग्ले, २–२ मा नारायण भट्टराई र टीका वली, क्षेत्र नं. ३–१ मा गंगा कार्की र विष्णु तिवारी, ३–२ मा रामप्रसाद रेग्मी र आशिष थारु, ५–१ मा जीवनाथ पाण्डे र हस्तबहादुर सावर, ५–२ मा लक्ष्मी मिश्रा र शान्ति लोध चयन हुनुभएको छ ।
यस्तै पार्टी बैठकले स्कूल विभाग प्रमुखमा पार्टीका अध्यक्ष शिवराज सुवेदी, संगठन विभाग प्रमुखमा नारायण जिसी (निर्मल), कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख गोपाल राना, उपप्रमुख मिनप्रसाद पौडेल, सतिशचन्द्र कसौधन र कमला थापा सदस्य रहनुभएको छ । यस्तै अर्थ तथा योजना विभाग प्रमुखमा मिनप्रसाद पौडेल र उपप्रमुखमा मनोज राना, प्रचार विभाग प्रमुखमा मोहन चापागाइँ र उपप्रमुखमा यम राना, सहकारी विभाग प्रमुखमा ऋषि सापकोटा र उपप्रमुखमा शिव घिमिरे, स्थानीय तह विभाग प्रमुखमा चित्रबहादुर कार्की तथा उपप्रमुखमा हरिप्रसाद अधिकारी, खेमप्रसाद लुइँटेल, रामप्रसाद रेग्मी र सदस्यमा विना राना, जमुना लम्साल र उमा काफ्ले लाई जिम्मेवारी तोकिएको छ ।
यस्तै विभाग अन्तर्गतै सामाजिक सेवा (कल्याण) विभागको प्रमुखमा खेमप्रसाद लुइँटेल र सदस्यमा महेन्द्र भुसाल, कानुन विभाग प्रमुखमा खुमाकान्त पौडेल, उपप्रमुखमा पशुपति भण्डारी, उद्योग व्यवसाय विभाग प्रमुखमा गोपाल राना र उपप्रमुखमा जगत पोखरेल र अजयकुमार श्रेष्ठ, शिक्षा तथा मानव स्रोत विभागमा युवराज घिमिरे उपप्रमुखमा विष्णु ढकाल र युगल पाण्डे, कृषि तथा भूमिसुधार विभागमा अयोध्या थारु र उपप्रमुखमा रामु साहनी, वन तथा वातावरण विभागमा वेद गिरी र उपप्रमुखमा सन्दिप चापागाइँ, सांस्कृतिक विभागमा प्रेम गुरुङ र उपप्रमुखमा चन्द्रबहादुर घर्ती चयन हुनुभएको छ ।
यस्तै पर्यटन प्रवद्र्धन तथा नागरिक उड्यन विभाग प्रमुखमा बासुदेव घिमिरे, भौतिक पूर्वाधार तथा सहरी विकास निर्माण विभागमा जागेश्वरदेवी चौधरी, युवा तथा खेलकुद विभाग प्रमुखमा ध्र्रूव आचार्य र उपप्रमुखमा विकास ज्ञवाली, जलस्रोत तथा खानेपानी तथा सरसफाई विभाग प्रमुखमा यज्ञ गैरे र उपप्रमुखमा चक्रपाणी तिवारी र प्रजापति सापकोटा, उपभोक्ता हित तथा आपुर्ती विभागमा बिमला पन्थी र उपप्रमुखमा उमा काफ्ले, श्रम तथा रोजगार विभाग प्रमुखमा जलिल मिया तथा उपप्रमुखमा तेजप्रसाद सेन्चुरी र स्वास्थ्य तथा विज्ञान प्रविधि विभागको प्रमुख शिव घिमिरेलाई जिम्मेवारी दिइएको छ । यी विभागहरुमा उपप्रमुख र सदस्यहरुसमेत राखिएको छ ।
बैठकले जनसंगठन तर्फ पनि इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । जस्मा अखिल नेपाल किसान महासंघ इन्चार्जमा किसन ज्ञवाली र सह–इन्चार्जमा रामु साहनी रहनुभएको छ । यस्तै विद्यार्थी इन्चार्जमा राजेन्द्र ढकाल, सह–इन्चार्जमा केशरबहादुर थापा, चेतनारायण भण्डारी र उमा अधिकारी, नेपाल ट्रेड युनियन महासंघ इन्चार्जमा हुमाकान्त काफ्ले, सह–इन्चार्जमा नारायण हमाल, दिनेश फुल्लेल र दामोदर सापकोटा रहेका छन् ।
युवा इन्चार्जमा जयबहादुर धामी, सह–इन्चार्जमा देवराज पोखरेल र सह–इन्चार्जमै सरिता श्रीस रहनुभएको छ । यसैगरी मुक्तिसमाज इन्चार्जमा कमला विक, सह–इन्चार्जमा दीपा विक र तेजप्रसाद सेन्चुरी रहनुभएको छ । पेशागत महासंघ इन्चार्जमा वेलप्रसाद शर्मा सह–इन्चार्जमा यज्ञमुर्ती भण्डारी, डिजाइन थापा र कमला थापा रहनुभएको छ ।
नेपाल राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघ इन्चार्जमा ऋषिराम पाण्डे, कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुखमा मिनप्रसाद पौडेल, भूपू सैनिक तथा प्रहरी महासंघ इन्चार्जमा खगप्रसाद पुन, सह–इन्चार्जमा सोमबहादुर विक रहनुभएको छ ।
यसैगरी लोकतान्त्रिक मधेशी संगठन इन्चार्जमा श्रीराम यादव, सह–इन्चार्जमा सन्तराम यादव, इन्द्रजीत यादव र शान्ति लोध, मुस्लिम फाँट इन्चार्जमा निर्दोश अली, सह–इन्चार्जमा मोहम्मदलाल पठान, लोकतान्त्रिक अपांग महासंघमा भरतमणी सापकोटा, खेलकुद महासंघ इन्चार्जमा विष्णु ढकाल, सह–इन्चार्जमा धर्मराज गिरी र प्रेमकुमार सेन्चुरी रहनुभएको छ ।
यसैगरी प्रगतिशिल पेशागत कानुनी व्यवसायी महासंघमा खुमाकान्त पौडेल, पशुपति भण्डारी र नरसिंह चौधरी, अनेमसंघ इन्चार्जमा बिमला पन्थी, सह–इन्चार्जमा ज्ञानु केसी र टिका गौतम, शिक्षक महासंघ इन्चार्जमा हरि घिमिरे, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ इन्चार्जमा चिनवहादुर गुरुङ, सह–इन्चार्जमा मनोज राना र पदम थापा रहनुभएको छ ।
मानवअधिकार एलायन्समा इन्चार्ज सञ्जय गुप्ता र सह–इन्चार्जमा राधा पौडेल, जनसांस्कृतिक महासंघ इन्चार्जमा इन्द्रबहादुर बिक र सह–इन्चार्जमा ज्ञानु केसी र नेपाल भूमिहीन सुकुम्बासी संगठन इन्चार्जमा बाबुराम पोखरेल र सह–इन्चार्जमा जुद्धबहादुर विक र प्रेम घिसिङ रहनुभएको छ ।
नेकपा बैठकले केही नगरपालिकाहरुको इन्चार्ज पनि तोकेको छ । सैनामैना नगरपालिका इन्चार्जमा खुशीराम चौधरी, सह–इन्चार्जमा शोभा ज्ञवाली र रामबहादुर कुवँर, तिलोत्तमा नगरपालिकाको इन्चार्जमा श्याम खरेल, सह–इन्चार्जमा धनबहादुर गुरुङ र बेद गिरी तथा ओमसतिया गापा इन्चार्जमा गोविन्द केवटलाई जिम्मेवारी तोकेको छ ।
बैठक नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षता र सचिव नारायण जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

≪ Previous Post

पश्चिम नेपालको लमहीमा डायलाईसिस सेन्टर संचालन हुने

Next Post ≫

डण्डामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क