Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ पश्चिम नेपालको लमहीमा डायलाईसिस सेन्टर संचालन हुने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिम नेपालको लमहीमा डायलाईसिस सेन्टर संचालन हुने

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0
पश्चिम नेपालको लमहीमा डायलाईसिस सेन्टर संचालन हुने
70
SHARES
ShareTweet

बुटवल १५ साउन
दांग, प्युठान जिल्लाका मृगौलाका बिरामीहरु डायलाईसिस सेवा लिन बुटवल, भैरहवा, नेपालगंज जानुपर्ने बाध्यता अन्तय हुने भएको छ ।
विगत १ वर्ष अगाडी लमहीमै डायलाइसिस सेवा सुरु गर्ने घोषडा गरेको बुटवल मा संचालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ठाउको अभावमा सेवा सुरु गर्न सकेको थिएन ।
त्यस क्षेत्रका मृगौलाका बिरामीहरुको समस्यालाई मध्यनजर गदै लमही नगरपालिका वडा न.५ को रातो डाडामा लमही नगर बिकास समितिले डायलाइसिस सेन्टर संचालनको लागी भवन उपलब्ध गराउने निर्णय गरेपछि सेवा संचालन हुने भएको हो ।
डायलाईसिस सेन्टर संचालनको लागि लमही नगर बिकास समिति र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका विचमा मंगलवार संम्झौता समेत गरिएको छ । सम्झौता पत्रमा लमही नगर बिकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर के.सी., लमही नगर बिकास समितिका सदस्य सचिव गेहेन्द्र बहादुर डाँगी र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, सचिव दिनेशराज रेग्मीले हस्ताक्षर गर्नु भएको छ ।
पहिलो पटक १५ वर्षको लागि गरिएको सम्झौता अवधी दुवै पक्षको सहमती र आवश्यकता अनुसार थपघट गर्न सकिने छ । दांगका बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै २०७६ आषाढ ३ गते बसेको लमही नगर बिकास समितिको बैठकले भवन उपलब्ध गराउने निर्णय गरेको लमही नगर बिकास समितिका अध्यक्ष तथा लमही नगरपालिकाका नगर प्रमुख के.सी जानकारी गराउनु भयो ।
सरकारले निःशुल्क उपलब्ध गराउंदै आएको डायलाईसिस सेवा लिन समेत टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै लमहीमा रोटरी क्लब अफ सेन्टल बुटवलको सहयोगमा डायलाईसिस सेन्टर संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष आलमले जानकारी दिनु भयो । उक्त सेन्टरमा पहिलो चरणमा १० वटा मेशिन जडान गरी बिरामीहरुको डायलाईसिस सेवा शुरु गरिने र आवश्यकता अनुसार मेशिन थप गर्न सकिने छ । मेसिनहरु खरिद भइसकेकोले केही समय भित्र लमही को साथै स्याङजाको वालिङ र पाल्पाको तान्सेनमा समेत सेवा प्रदान गरिने अध्यक्ष आलमले बताउनु भयो ।

≪ Previous Post

रुपन्देहीमा बिश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

Next Post ≫

नेकपा रुपन्देही बैठक ः विभाग गठन र कार्यविभाजन सर्वसम्मत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क