Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ ‘देशको समग्र बिकास र सम्मृिद्धका लागि कांग्रेसको जित आवश्यक’
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘देशको समग्र बिकास र सम्मृिद्धका लागि कांग्रेसको जित आवश्यक’

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७९ · 0
‘देशको समग्र बिकास र सम्मृिद्धका लागि कांग्रेसको जित आवश्यक’
90
SHARES
ShareTweet

भैरहवा, २४ भदौ । आगामी मसिंर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले जिते मात्र देशको समग्र बिकास र आर्थिक सम्मृद्धि सम्भव रहेको एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् ।
संघीयतालाई संस्थागत गर्दै मुलुकको आर्थिक र सामाजिक विकासलाई गतिशिल र दीगो पन दिनका लागि आगामी निर्वाचनमा नेपाली कांग्रेसले जित्नुपर्ने आवश्यक्ता उनीहरुले औंल्याएका छन् ।
नेपाली कांग्रेस रुपन्देहीले महामानव बिश्वेश्वर प्रसाद कोईरालाको १०९ औ जन्मजयन्तीको अवसरमा शुक्रबार भैरहवामा आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान समापन कार्यक्रममा बोल्ने कांग्रेस नेताहरुले कांग्रेसको नेतृत्वले मात्र मुलुकमा स्थायित्व र परिवर्तन सम्भव रहेकाले कांग्रेसले जित्नुपर्ने वताएका हुन् ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कांग्रेस जनातको पार्टी भएकाले कांग्रेस सधै जनाताको साथमा रहने बताउनुु भयो । उहाँले बी पी को स्मरण गर्दै अहिले पनि बी पी को बिचार र योगदान नयाँ पिढीसम्म पुर्याउनुु पर्ने बताउनुुभयो । पार्टी भित्र मतमतान्तर हुनुु स्वभाविक भएपनि बिपक्षीलाई बल पुुग्ने गरी र पार्टीलाई नै क्षती हुनेगरी कसैले कुनै कृयाकलाप गर्ननहुनेमा जोड दिनुुभयो । सविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बाध्यात्मक भएको भन्दै यसलाई पार्टीका सवै कार्यकर्ता र शुुभेच्छुकले सहज रुपमा आत्मसाथ गर्नुुपर्ने बताउनुु भयो ।
केन्द्रीय सदस्य गंगा शाहीले जनताको दुुःख सुखमा सधै कांग्रेस रहदै आएकाले जनताले पनि कांग्रेसलाई विस्वास गर्दै आएको बताउनुुभयो ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले बी पी ले नेपालको राजनीति र साहित्य क्षेत्रमा ठुलो योगदान पुुर्याएको भन्दै कांग्रेसकै नेतृत्वमा भएका परिबर्तनबाट जनता मलिक बन्ने अवसर मिलेको बताउनुु भयो ।
पार्टीका पूर्व पुर्वजिल्ला सभापति रामचन्द्र ढकालले बी पी को बिचारलाई आत्मसात गरेर अगाडी बढे कांग्रेसले कहिले पनि नहार्ने बताउनुु भयो ।
कार्यक्रममा प्रदेश सभासद रमा अर्याल, पुुस्पा थरुनी, कांग्रेस लुम्बिनी प्रदेशका समहामन्त्री निमा गिरी, जिल्ला उपसभापति थानेश्वर घिमिरे, सचिव हरी काफ्ले, कञ्चन गाउँपालिकाका प्रमुख नवराज ढकाल, क्षेत्रीय सभापति शुुशिल गुुरुङ्ग, उपसभापति रामबहादुर थापा, कांगं्रेस बुटवल उपमहानगर समितिका कार्यबहाक सभापति ज्योती भण्डारी लगाएतले आआफ्ना भनाई राख्नुभएको थियो ।

≪ Previous Post

नेश्नल प्याब्सन हाजिरी जवाफको उपाधि सुनगाभालाई

Next Post ≫

त्रुटीहरु संशोधन गरेर मिडिया काउन्सिल विधेयक पारित गर्न प्रेस युनियनको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क