Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ त्रुटीहरु संशोधन गरेर मिडिया काउन्सिल विधेयक पारित गर्न प्रेस युनियनको माग
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

त्रुटीहरु संशोधन गरेर मिडिया काउन्सिल विधेयक पारित गर्न प्रेस युनियनको माग

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७९ · 0
त्रुटीहरु संशोधन गरेर मिडिया काउन्सिल विधेयक पारित गर्न प्रेस युनियनको माग
110
SHARES
ShareTweet

नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा १० बुँदे जनकपुरधाम घोषणापत्र जारी (पूर्णपाठ)

बुटवल, २५ भदौ । नेपाल प्रेस युनियन केन्द्रीय समितिले प्रस्तावित मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरु संशोधन गरेर विधेयक पारित गर्न नेपाल सरकारसँग माग गरेको छ ।
प्रेस युनियन केन्द्रीय समितिको मधेश प्रदेशको राजधानी जनकपुरधाममा बसेको दोस्रो बैठकले त्रुटीहरु संशोधन गरेर विधेयक पारित गर्न माग गरेको हो ।
भदौ २३ र २४ गते बसेको बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्नुका साथै २०७९ मंसिर २५ देखि पुस २५ गतेभित्र युनियनका सबै प्रदेशहरुको अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशन तयारी गर्नका लागि सात प्रदेश र उपत्यका प्रदेशका उपाध्यक्षको संयोजकत्वमा सम्बन्धित प्रदेशका पदाधिकारी तथा सदस्य रहने गरी समिति गठन गर्ने समेत बैठकले निर्णय गरेको छ ।
बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन हुने गरी समाचारमा चित्त नबुझेकै आधारमा पत्रकारप्रति कठोर व्यवहार नगर्न गृह प्रशासनसँग जोडदार माग समेत गरेको महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो ।
बैठकले पत्रकारहरुको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि युनियनका शाखाहरुसँगको समन्वयमा चालु आर्थिक वर्षभित्र ७३ वटा क्षमता अभिवृद्धिका तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
घोषणापत्र पूर्णपाठ ः
१. नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी विभिन्न तहका सरकारले निर्माण गरेका कानून तथा निर्देशिकाहरुप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार प्रतिकुल हुने गरी कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानून, नियमावली नबनाउन केन्द्रीय समितिको यो बैठक तीनै तहका सरकारसँग जोडदार माग गर्दछ ।
साथै, संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममा बाधा पुग्ने तथा प्रस्तावित मिडिया काउन्सिलको संरचनाबाट काउन्सिल स्वायत्त हुनेमा आशंका देखिको छ । काउन्सिललाई स्वायत्त बनाई नेपाली सञ्चार क्षेत्रको समग्र विकास र मर्यादित पत्रकारितालाई प्रोत्साहन गर्न सघाउनु पर्छ भन्ने नेपाल प्रेस युनियनको ठहर छ । यसर्थ प्रस्तावित मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरु संशोधन गरेर विधेयक पारित गर्न नेपाल सरकारसँग माग गर्दछ ।
२. श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धि, पत्रकारहरुले नियमित पारिश्रमिक पाउने वातावरणको निर्माण, पेशागत सुरक्षा तथा आर्थिक सामाजिक सुरक्षा हाम्रा मुख्य प्राथमिकता हुन् । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने, नियमित पारिश्रमिक भुक्तान नगर्ने तथा श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षाप्रति खेलबाड गर्ने प्रवृत्तिको यथोचित प्रतिवाद नेपाल प्रेस युनियनले गर्ने विश्वास दिलाउन चाहन्छौं ।
श्रमजीवी पत्रकारहरुको बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐनले प्रत्याभूत गरेका सबै सेवा सुविधा उपलब्ध गराउन तथा श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोष निर्माण गर्न सञ्चार प्रतिष्ठानहरुसँग नेपाल प्रेस युनियन माग गर्दछ । साथै श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन एवं वृद्धिका लागि सरकारसँग माग गर्दछ ।
३. समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरी मुद्धा चलाउने क्रम बढेकोप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । केन्द्रीय समितिको यो बैठक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन हुने गरी समाचारमा चित्त नबुझेकै आधारमा पत्रकारप्रति कठोर व्यवहार नगर्न गृह प्रशासनसँग जोडदार माग गर्दछ । समाचारमा चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिल मार्फत कानुनी उपचार खोज्न सम्बन्धित पक्षलाई आग्रह गर्दै प्रेस विरोधी कानूनको प्रयोग नगर्न युनियन माग गर्दछ ।
४. लोककल्याणकारी विज्ञापन दोब्बर बनाउन, भुक्तानी प्रक्रियालाई सहज बनाउन तथा सञ्चारमाध्यमको दर्ता, नवीकरण, सूचीकरण, वर्गीकरण तथा प्रेस पास वितरणको व्यवस्थालाई सरल र सहज बनाउन एवं स्वरोजगारमूलक सञ्चारमाध्यमहरुको संरक्षण र संवद्र्धनमा विशेष जोड दिन माग गर्दछ । साथै, सञ्चार माध्यममा सहभागिता र विषयवस्तुमा समावेशीतालाई ध्याद दिँदै लैगिंकमैत्री बनाउन पनि आग्रह गर्ने निर्णय गरेको छ ।
५. नेपाल प्रेस युनियनको विधानले निर्दिष्ट गरे बमोजिम युनियनको संघीय संरचनालाई पूर्णता दिन प्रदेश समितिहरु गठन हुनु आवश्यक रहेकोले २०७९ मंसिर २५ देखि पुस २५ गतेभित्र युनियनका सबै प्रदेशहरुको अधिवेशन गर्ने निर्णय गर्दछ । अधिवेशन तयारी गर्नका लागि सात प्रदेश र उपत्यका प्रदेशका उपाध्यक्षको संयोजकत्वमा सम्बन्धित प्रदेशका पदाधिकारी तथा सदस्य रहने गरी समिति गठन गर्ने समेत निर्णय गरेको छ ।
६. पत्रकारहरुको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि युनियनका शाखाहरुसँगको समन्वयमा चालु आर्थिक वर्षभित्र ७३ वटा क्षमता अभिवृद्धिका तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दछ । एक पालिका एक पत्रकारको अवधारणा अघि बढाउँदै पत्रकार क्षमता विकासलाई विशेष प्राथमिकता दिने निर्णय गरेको छ ।
७. यही मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमार्फत नेपालको संविधान र लोकतान्त्रिक आन्दोलनका उपलब्धीहरुको रक्षा एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार लगायतका लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्य मान्यताप्रतिको प्रतिवद्धता अनुमोदित हुने विश्वास व्यक्त गर्दछौं । साथै निर्वाचनका दौरान समाचार संकलन र सूचना संप्रेषणका लागि सञ्चारमैत्री वातावरण निर्माण गर्न निर्वाचन आयोगसँग आग्रह गर्दछौं ।
८. मिथिला संस्कृतिको केन्द्र जनकपुरमा सम्पन्न नेपाल प्रेस युनियनको यो बैठक मिथिला संस्कृति, परम्परा र मैथिली भाषाको प्रचार प्रसार प्रति प्रतिबद्धता व्यक्त गर्दछ । साथै लोकतान्त्रिक आन्दोलनको अग्रणी भूमिका रुपमा रहेको मधेश प्रदेशको समग्र विकास एवं मधेशको पहिचान र अधिकारका लागि पत्रकारिताको माध्यमबाट रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
९. नेपालकै पहिलो र एकमात्रै रेलसेवाको रुपमा रहेको जनकपुर – जयनगर रेलसेवा अन्तर्गत रहेको शहीद सरोज कोइराला हल्ट बन्द रहँदा स्थानीयले समस्या भोग्नुपरेको छ । सो हल्ट तत्काल सञ्चालनमा आउनुपर्ने स्थानीयको मागप्रति नेपाल प्रेस युनियन ऐक्यवद्धता व्यक्त गर्दछ ।

१०. जगत जननी माँ जानकीको पवित्रभूमि जनकपुर र भगवान रामको जन्मभूमि भारतको अयोध्या जोड्ने रामायण सर्किट परियोजना नेपाल–भारत सम्बन्धको महत्वपूर्ण कडी हो । रामायण सर्किट अन्तर्गत जनकपुर र अयोध्याको सम्बन्धलाई प्रचार प्रसार गरी धार्मिक, साँस्कृतिक पर्यटनमा टेवा पुर्याउन नेपाल प्रेस युनियन प्रतिबद्धता व्यक्त गर्दछ । साथै अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरको जानकी मन्दिरको तर्फबाट धनुष राख्ने व्यवस्था मिलाउन सरोकारवालाहरुसँग यो बैठक माग गर्दछ ।

≪ Previous Post

‘देशको समग्र बिकास र सम्मृिद्धका लागि कांग्रेसको जित आवश्यक’

Next Post ≫

दार्चुला बाढी अपडेट : मृतक पाँच जनाको सनाखत, सात अझै बेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क