Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेश्नल प्याब्सन हाजिरी जवाफको उपाधि सुनगाभालाई
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

नेश्नल प्याब्सन हाजिरी जवाफको उपाधि सुनगाभालाई

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७९ · 0
नेश्नल प्याब्सन हाजिरी जवाफको उपाधि सुनगाभालाई
60
SHARES
ShareTweet

बुटवल, २४ भदौ । नेश्नल प्याब्सन जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सैनामैनाको सुनगाभा ईङलिस माध्यमिक विद्यालयले जितेको छ । रुपन्देही जिल्ला भरीका झण्डै दुई दर्जन संस्थागत विद्यालयहरु सहभागि भएको प्रतियोगिताको उपाधि सहित सुनगाभाले शिल्ड, प्रमाणपत्र तथा नगद जितेको छ ।
राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेश्नल प्याब्सन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिताको विजेता बनेको सुनगाभाले उपाधी सहित नगद ६ हजार जितेको हो । यस्तै प्रतियोगितामा देवदहको देवदह बोर्डिङ्ग स्कूल द्वितीय भएको छ । दोस्रो बनेको देवदहले शिल्ड, प्रमाणपत्र सहित ४ हजार ५ सय हात पारेको छ । प्रतियोगितामा बुटवल ग्लोरी बोर्डिङ्ग स्कुल तृतीय हुँदै शिल्ड तथा ३ हजार र प्रोत्साहन पुरस्कार पाएको स्कलर्स होम बुटवलले १ हजार ५ सय नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पारेको छ ।
नेशनल प्याब्सनका उपाध्यक्ष बिलप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विजयी विद्यालय तथा विद्यार्थीलाई पुरस्कार वितरण गर्दै नेश्नल प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले विद्यार्थीको आन्तरिक तथा वाह्य क्षमता विकासका लागि विद्यार्थीहरु बीचमा प्रतियोगितात्मक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले समयसमयमा प्रतिस्प्रधात्मक कार्यक्रम विद्यालयले आयोजना गर्नुपर्ने उल्लेख गर्दै नेश्नल प्याब्सनले विद्यार्थीको मनोवल तथा आत्मविश्वास बढाउने र प्रोत्साहन गर्ने कार्यक्रम गर्दै आएको बताउनुभयो । नेशनल प्याब्सन रुपन्देहीका सचिव बाबुराम बन्जाडेको संचालनमा भएको कार्यक्रममा बौद्ध विश्व विद्यालयका उकेशराज भोजु, अभिभाव संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, नेश्नल प्याब्सन रुपन्देहीका निवर्तमान अध्यक्ष देउप्रकाश राई, सल्लाहकार राजु गुरुङ्ग, तिलव केसी, प्रकाश भट्टराई, सहसचिव विनोद थापा, आविस्कार पराजुली लगायतले बिजयी विद्यार्थीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा करिव २७ लाख बराबरको अबैध चिनी र कपडा बरामद

Next Post ≫

‘देशको समग्र बिकास र सम्मृिद्धका लागि कांग्रेसको जित आवश्यक’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क