Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा करिव २७ लाख बराबरको अबैध चिनी र कपडा बरामद
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देही प्रहरीद्वारा करिव २७ लाख बराबरको अबैध चिनी र कपडा बरामद

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७९ · 0
रुपन्देही प्रहरीद्वारा करिव २७ लाख बराबरको अबैध चिनी र कपडा बरामद
110
SHARES
ShareTweet

भैरहवा, २४ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न ठाउंबाट करिव २७ लाख बराबरको अवैध चिनी र कपडा वरामद गरेको छ ।
रुपन्देही प्रहरीले जिल्लाका बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाबाट २६ लाख ६५ हजार ७५० बराबरको अवैध चिनी र कपडाहरु बरामद गरेको हो । वरामद चिनी र कपडासहित मानिस र गाडी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहियामा बुझाईएको रुपन्देही प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उप–महानगरपालिका वडा नं. १७ रानिगंज जनशक्ति टोल स्थित नारायणी न्यौपानेको घर कोठामा लुकाई छिपाई राखेको र घर बाहिर पार्किङ गरी राखेको लु ३ च १७७८ नम्बरको पिकअप र लु १ ख ८६५५ नम्बरको मिनी ट्रकमा बिल बिजक बिनाको अन्दाजी रु. १५ लाख ९७ हजार ५०० मूल्य बराबरको १८६ बोरा चिनी बरामद गरेको हो । प्रहरीले न्यौपानेको घरमा अबैध रुपमा भन्सार छली चिनी ल्याई गोदाम गरी राखेको भन्ने गोप्य सूचनाको आधारमा निजको घरमा खानतलासी गर्दा उक्त परिमाणको चिनी बरामद गरी दुईवटा गाडी नियन्त्रणमा लिएको हो ।
यस्तै ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नं. ७ दिपनगर बस्ने वर्ष ५५ को प्रेमनाथ अर्यालको घरबाट अन्दाजी रु २ लाख २७ हजार ५०० मूल्य बराबरको कुर्था सुरूवाल १६० पिस, साडी ७२ पिस, लुङ्गी २५ थान, थानको कपडा १० रोल बरामद गरेको छ ।
प्रहरीले अर्यालको घरमा भारतबाट अबैध रुपमा भन्सार छली कपडाहरु लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा अर्यालको घर खानतलसी गर्दा उक्त परिमाणको कपडा सहित निज अर्याललाई पनि नियन्त्रणमा लिएको छ ।


यसैगरी ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका वडा नं. ८ प्रदिपनगरबाट भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको रु. ८ लाख ३० हजार ७५० मूल्य बराबरको २९ बोरा चिनी बरामद गरेको छ ।
प्रहरीले गोप्य सूचनाको आधारमा जिल्लाको रोहिणी गाउँपालिका वडा नं.२ बस्ने बर्ष २९ को प्रवेश यादवले चलाएको लु ४ प २११८, साही ठाउं बस्ने बर्ष २१ को रामबचन सहानीले चलाएको लु ५ प ६५३, वडा नं.७ बस्ने बर्ष १९ को सुनिल लोधले चलाएको भारतीय नं. प्लेटको यु पी ५३ डी एफ ८८८४ र देवदह नगरपालिका ८ बस्ने बर्ष २५ को ईश्वरी हिताङले चलाएको लु ४६ प ६८०१ नं. को माटरसाईकलमा ओसारपसार गर्दै गरेको १२ वोरा र सोही स्थानमा चाङ लगाई राखेको १७ बोरा गरी जम्मा २९ बोरा चिनी बरामद गर्नुका साथै मानिस र मोटरसाइकल समेत नियन्त्रणमा लिएको हो ।

≪ Previous Post

शान्ति नमुनामा अभिभावक भेला

Next Post ≫

नेश्नल प्याब्सन हाजिरी जवाफको उपाधि सुनगाभालाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क