काठमाडौं १५ साउन
नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले समाल्दै आउनु भएको थियो ।
सपथग्रहण कार्यक्रम आजै दिउँसो ४ बजे तय भएको स्रोतले जनाएको छ ।