Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश पाँचको सरकारले लक्ष्य भन्दा ४० करोड २८ लाख बढी राजश्व संकलन
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रदेश पाँचको सरकारले लक्ष्य भन्दा ४० करोड २८ लाख बढी राजश्व संकलन

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0
प्रदेश पाँचको सरकारले लक्ष्य भन्दा ४० करोड २८ लाख बढी राजश्व संकलन
120
SHARES
ShareTweet

नदीजन्य पदार्थमा ४० करोडमा केवल १६ करोड असुली,चोरी पैठारीको असर

बुटवल, १५ साउन
प्रदेश पाँचको सरकारले प्रदेश भित्र राजश्व संकलनमा गत आर्थिक वर्षमा ११६ दशमलव ७८ प्रतिशतले उपलब्धी हासिल गरेको जनाएको छ ।
सरकारले प्रदेशमा २ अर्व ४० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब ८० करोड २८ लाख १ हजार राजश्व संकलन भएको जनाएको छ ।
सरकारले लिएको लक्ष्य भन्दा ४० करोड २८ लाख १ हजार रुपैयाँ बढी राजश्व उठाउन सफल भएको जनाएको छ ।
प््रादेश सरकारले प्रदेशमा राजश्व संकलनमा लिएको लक्ष्य अन्तर्गत वन रोयल्टी ५ करोड खानी रोयल्टी ५ करोड, पर्यटन सेवा सुबिधा रोयल्टी १ करोड र मनोरञ्जन कर रोयल्टी १ करोड उठाउने लक्ष्य लिएकोमा यी शिर्षकमा शुन्य राजश्व संकलन हुदाँ पनि लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।
त्यस्तै स्थानीय तहबाट आउनु पर्ने पूर्ण राजश्व अझै आईनसकेको र केन्द्रबाट आउनु पर्ने समानीकरण अनुदान लगायतका आउन बाँकी रहेकाले राजश्व संकलन अझै बढ्ने आर्थिक मार्मिला तथा योजना मन्त्रालयले दावी गरेको छ ।
प्रदेश सरकारले गत आर्थिक वर्षको बार्षिक समिक्षा बैठक पछि मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शंकर पोखरेलले राजश्व असुली लक्ष्य भन्दा करिव १७ प्रतिशतले वृद्धि भएको बताउनु भयो ।
उहाँले राजश्व असुलीको तथ्यांकलाई हेदा प्रदेश आर्थिक रुपमा सक्षम रहेको स्पष्ट भएको धारणा राख्नु भयो ।
प्रदेश सरकारले गत आर्थिक वर्षमा घरजग्गा रजिष्टेशन दस्तुमा ६८ करोड लक्ष्य लिएकोमा ८१ करोड ६६ लाख असुली गरेको जनाएको छ । त्यस्तै सवारी साधन करमा १ अर्ब १४ करोड लक्ष्य लिएकोमा १ अर्ब ५५ करोड ५० लाख असुली गर्न सफल भएको छ । नदी जन्य ढुगां, गिर्टीर वालुवामा ४० करोडको लक्ष्य लिएकोमा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । प्रदेश सरकारले ४० करोड लक्ष्य लिएकोमा केवल १६ करोड ६० लाख मात्र संकलन गरेको छ । यसले प्रदेशमा नदी जन्य पदाथमा चोरी पैठारी भएको कुराको प्रमाणित गर्दछ ।
नदीजन्य पदाथमा चुहावट भएको भन्दै प्रदेश सभामा समेत कुरा उठेको थियो । प्रदेश सरकारले सेवा शुल्क दस्तुर दण्ड जरिवानामा ५ करोड लक्ष्य लिएकोमा २६ करोड ५१ लख ३८ हजार असुली गरेको छ भने विज्ञापन करमा १ करोड लक्ष्य लिएकोमा केवल ६३हजार मात्र राजश्व संकलन गरेको छ ।

≪ Previous Post

पानीको निहुँमा गुल्मीमा हँसियाले हानेर हत्या

Next Post ≫

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क