संसार पोष्ट
गुल्मी, १५ साउन । गुल्मीमा पानीको निहुंमा विवाद हुंदा एक जनाको ज्यान गएको छ । मगंलबार राति खेतमा पानी लगाउने क्रममा स्थानीय ४५ वर्षीय लक्ष्मण कुमाल र ५० बर्षीय मोतिलाल कुमालको विवाद हुंदा मोतिलाल कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।
मुसिकोट नगरपालिका—३ नौघाटे खेतमा पानी लगाउने क्रममा विवाद हुंदा लक्ष्मण कुमालले धारिलो हसिया प्रहार गर्दा मोतीलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिनुभयो । उहांका अनुसार राति खेतमा पानी लगाउने क्रममा दुईजनाबीच विवाद हुँदा लक्ष्मणले धारिलो हतियार प्रहार गर्दा मोती लालको खेतमै मृत्यु भएको हो । मोतिलाललाई धारिलो हतियार प्रहार गर्ने लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वामी प्रहरीले नियन्त्रणमा लिएर बयान लिने क्रममा लक्ष्मणले आफुले हँसियाले हानेर मोतिलालको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीको नियन्त्रणमा रहेका लक्ष्मणलाई जिल्ला प्रहरी कार्यालय लगिदैछ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।