Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आयल निगम निजी क्षेत्रलाई दिने विषय अव्यवहारिक : खगेश्वर बोहोरा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आयल निगम निजी क्षेत्रलाई दिने विषय अव्यवहारिक : खगेश्वर बोहोरा

संसारपोस्ट संवाददाता · २८ असार २०७९ · 0
आयल निगम निजी क्षेत्रलाई दिने विषय अव्यवहारिक : खगेश्वर बोहोरा
100
SHARES
ShareTweet

बुटवल, २८ असार । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष खगेश्वर बोहोराले पेट्रोेलियम पदार्थ जस्तो अत्यावश्यक र संवेदनशील वस्तुको कारोबारबाट सरकार पन्छिन नमिल्ने बताउनु भएको छ ।
आयल निगम निजी क्षेत्रलाई दिने विषय अव्यवहारिक र सरकारको गैरजिम्मेवारपन हो भन्दै आयल निगमको निजीकरण स्वीकार्य नहुने बताउनु भयो ।
पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ रुपन्देहीले मंगलबार मणिग्राममा आयोजना गरेको नवौं बार्षिक साधारण सभा तथा नवौं अधिबेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बोहोराले आयल निगमको निजीकरण गर्नु इन्धन मात्र नभएर राज्यको बागडोर नै सीमित ब्यापारीको हातमा सुम्पिनु हो भन्नुभयो । अध्यक्ष बोहोराले इन्धन ढुवानी भाडा ५ वर्षदेखि समायोजन हुन नसकेको भन्दै यथाशिघ्र समायोजन गर्न सरकारसंग माग गर्नु भयो ।
कार्यक्रममा बोल्ने व्यासायीहरुले निगमको निजीकरणले उपभोक्ता मुल्यबृद्धिको मारमा पर्ने तथा ट्याङ्कर र पेट्रोल पम्प व्यवसायीको अर्बौं लगानी र हजारौं मजदुरको रोजगारी संकटमा पर्ने भन्दै निजीकरणको बिरोध गरेका थिए ।
लोकतान्त्रिक यातायात व्यवसायी संघका प्रमुख सल्लाहकार चोपनारायण श्रेष्ठले अर्बौं रुपैयाको चलखेलमा आयल निगमलाई निजीकरण गरेर धराशायी बनाउने षडयन्त्र भइरहेको भन्दै यसविरुद्ध देशभरका ट्याङ्कर र पेट्रोल पम्प व्यवसायीहरु आन्दोलित हुन जरुरी रहेको बताउनु भयो ।
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयका भलवारीका प्रमुख नवविनोद पोखरेलले ब्यवसायीहरुले उठाएको भाडा दर समायोजनको माग जायज भएको बताउनु भयो । उहाँले निगमको निजीकरण गर्न सहज नभएको र निजीकरण भइहाले पनि निजी क्षेत्रसंग निगम प्रतिस्पर्धा गर्न सक्षम रहेको दावि गर्नुभयो ।
संघका अध्यक्ष राकेशकुमार कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका पुर्व अध्यक्ष राजेन्द्र गुप्ता, वरिष्ठ उपाध्यक्ष हिमाल गैरे, पेट्रोलियम ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार दास, मानार्थ सदस्य शिवप्रसाद घिमिरे, तिर्थराज चटौत, संघका महासचिव भुपराज अर्याल, सह महासचिव प्रेम घर्तीमगर, दुर्घटना संयोजक श्रवणकुमार गुरुङ, कोषाध्यक्ष धनेन्द्र पौडेल, चालक संघका अध्यक्ष नवराज पाण्डेले नयां ढुवानी भाडा दर कायम गर्न र दुर्घटना पश्चात हुने औषधि उपचार वीमा रकमको सीमा निर्धारण गर्न माग गर्नु भएको थियो ।

कशौधनकोे अध्यक्षतामा नयाँ नेतृत्व चयन

मंगलवार नै सम्पन्न संघको नवौं अधिबेशनवाट राकेश कुमार कशौधन पुन अध्यक्षमा चयन हुनुभएको छ । यस्तै संघको उपाध्यक्षमा श्रवण कुमार गुरुङ्ग (लामा), महासचिवमा भुपराज अर्याल, सह–महासचिवमा प्रेम बहादुर घर्ती, सचिव खर्क बहादुर पुन, सह–सचिव बिष्णुदत्त पौडेल र कोषाध्यक्षमा धनेन्द्र पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै संघको सदस्यमा दिलिप कुमार अग्रहरी, मदनलाल तेली, टिकाराम न्यौपाने, हरिप्रसाद सापकोटा, अनिल जैसवाल, नरबहादुर कुँवर, सतिशचन्द्र जैसवाल, सुमित श्रेष्ठ, सन्तोष खरेल, बिकास ढुङ्गाना, अभिषेक भारी, बृजेन्द्र कुमार कशौधन, बलराम उप्रेती, बिरेन्द्र पुन, मोहित कुमार कसौधन, दिलिप कुमार जैसवाल, परमेश्वर कानु वानियां, पुर्ण बहादुर कुँवर र सन्देश कुमार राजभण्डारी चयन हुनुभएको छ । संघको प्रमुख सल्लाहाकारमा चोपनारायण श्रेष्ठ, सल्लाहाकारमा पृथ्वीराज भुसाल, दयाशंकर प्रसाद कशौधन, महेश्वरराज पाण्डे र अजित सिंह चयन हुनुभएको छ ।

≪ Previous Post

बुटवल १२ वर्षभन्दा माथि कोभिड–१९ रोग विरुद्ध पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा

Next Post ≫

लुम्बिनी प्रदेश सरकारद्वारा अग्रज र सिर्जनशिल पाँच पत्रकार सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क