Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल १२ वर्षभन्दा माथि कोभिड–१९ रोग विरुद्ध पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल १२ वर्षभन्दा माथि कोभिड–१९ रोग विरुद्ध पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा

संसारपोस्ट संवाददाता · २७ असार २०७९ · 0
बुटवल १२ वर्षभन्दा माथि कोभिड–१९ रोग विरुद्ध पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा
120
SHARES
ShareTweet

बुटवल, २७ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो १२ वर्षभन्दा माथि कोभिड–१९ रोग विरुद्ध पूर्ण खोप सुनिश्चितता उपमहानगर बनेको छ । उपमहानगरपालिकालाई सोमबार नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको हो ।
सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आथित्यता, स्वास्थ्य मन्त्री इन्द्रजित थारुको विशिष्ट आथित्यता र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बुटवल उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता उपमहानगर घोषणा गरिएको हो ।
बुटवल उपमहानगर पालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नकालागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरेको जानकारी गराएका थिए ।
बुटवल उपमहानगरपालिकामा खोप लगाउन बाँकी रहेकाहरुलाई पूर्ण खोपका लागि आह्वान गर्दै खोप केन्द्र मार्फत सेवा प्रदान गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए ।
प्रमुृख पाण्डेले तथ्यांक संकलकहरुलाई अभिमूखीकरण गरेर खोप नलगाउने तथा छुट नागरिकहरुको तथ्यांक संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचार प्रसार, छुट नागरिकहरुलाई खोप सेवा प्रदान, वडाबाट रेण्डम सर्वेक्षण, सबै वडाहरुको पूर्ण खोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको बताए ।
बुटवल उमपहानगरपालिकामा १ लाख ९५ हजार ५६५ जनसंख्या रहेकोमा १२ वर्ष माथिका संख्या १ लाख ३४ हजार ७३० रहेको छ । जसमध्ये ११७ प्रतिशत अर्थात १ लाख ५७ हजार २९३ जनाले पूर्ण मात्रामा खोप लगाएको उपमहानगरले जनाएको छ । खोप लगाएका मध्ये २२ हजार ६६३ जना बुटवल उमपहानगर भन्दा बाहिरका नागरिक हुन् । यस्तै ५ वर्ष भन्दा माथिका बालबालिकालाई पहिलो मात्रा लगाई सकिएको र दोस्रो मात्रा लगाउने पक्रियामा रहेको छ । उपमहानगरले हाल १२ वटा स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले बुटवलभित्र र बुटवल बाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवाप्रदान गरेको बताइन् । उनले बुटवलमा खोेप सुनिश्चित भएको र खोप लगाउन बाँकी रहेकाहरुलाई खोप लिन आह्वान गरिन् ।
उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्नका लागि जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसन तथा अनुमति प्रदानगर्न पालिकाबाट सिफारिस, जिल्ला खोप समन्वय समिति बाट भेरिफिकेसन गरी पूर्ण खोप गर्न अनुमति प्रदान भएको जानकारी गराए ।
उनले बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ मध्ये १२ वर्ष माथि पूर्ण खोप लगाएका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाईएको जानकारी दिए । उनले ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाईएको जानकारी दिए ।
कार्यक्रममा कोभिड १९ नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्ने प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, सामाजिक तथा गैरसरकारी संघ संस्थाहरु, स्वास्थ्य कर्मीहरु, स्वास्थ्य स्वयमसेविकाहरु, उपमहानगरपालिकाका कर्मचारीलगायतलाई सम्मान गरिएको थियो ।

≪ Previous Post

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघमा अजय गुप्ताको नेतृत्वमा नयाँ समिति

Next Post ≫

आयल निगम निजी क्षेत्रलाई दिने विषय अव्यवहारिक : खगेश्वर बोहोरा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क