भैरहवा, २७ असार । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले संघको नयाँ नेतृत्व चयन गरेको छ ।
सोमबार भैरहवामा सम्पन्न भएको अधिवेशनले अजय कुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिबेशनले महासचिवको जिम्मेवारी सम्हालिरहेका गुप्ताको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार आश्वानी, प्रथम उपाध्यक्ष अजय अधिकारी, द्वितीय उपाध्यक्ष मिनबहादुर पुन, महासचिवमा दीपक पौडेल, सचिवमा बाबुराम पाठक र कोषाध्यक्षमा विक्रमरत्न बज्राचार्य निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा जगतकृष्ण कार्की, दिलिप गौचन, चक्रपाणी तिवारी, मुक्ति बस्याल, धनपति पौडेल, गोकर्ण खड्का, सुरेन्द्र बरई र पियुष आश्वानी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनले सुरजमान श्रेष्ठको संयोजकत्वमा गुलाब चन्द्र गुप्ता र विकास मिश्र सदस्य रहेको लेखा समिति निर्वाचित गरेको छ ।