Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योग वाणिज्य संघको सेवा सुविधालाई समयसापेक्ष बनाउन सुझाव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योग वाणिज्य संघको सेवा सुविधालाई समयसापेक्ष बनाउन सुझाव

संसारपोस्ट संवाददाता · २७ असार २०७९ · 0
उद्योग वाणिज्य संघको सेवा सुविधालाई समयसापेक्ष बनाउन सुझाव
80
SHARES
ShareTweet

बुटवल, २७ असार । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सदस्य उद्योगी व्यवसायीलाई दिने सेवा तथा सुविधालाई समयसापेक्ष बनाउन उद्योगी ब्यवसायीले सुझाव दिएका छन् । सोमबार बुटवलमा संघले आयोजना गरेको संघको सदस्यता बृद्धि तथा विकास सम्बन्धि कार्यशाला गोष्ठीमा सहभागि बस्तुगत समितिका सभापति तथा उपसभापतिहरुले संघले प्रदान गर्ने सेवा सुविधालाई समयसापेक्ष बनाउन र प्रविधिको प्रयोगमा जोड दिन आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले गुणस्तरीय नीति लिएको बताउँदै त्यही अनुसार सदस्यता अभिबृद्धि गर्नुपर्ने र संघले प्रदान गर्ने सेवा सुविधालाई पनि के गर्दा प्रभावकारी बनाउन सकिन्छ सुझाव दिन आग्रह गर्नुभयो ।
त्यस अवसरमा बोल्दै संघका सल्लाहकार तथा पूर्व अध्यक्ष द्वय निर्मलप्रसाद लाकौल र सुरेन्द्रप्रसाद श्रेष्ठले संघले प्रदान गर्ने सेवालाई अझै व्यवस्थित र प्रभावकारी बनाउन के गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन तथा क्वालिटी मेम्बरका लागि सदस्यता प्रदान गर्ने वैज्ञानिक मापदण्ड तय गर्नुपर्ने भनाई राख्नुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेप्रसाद श्रेष्ठले संघले प्रतिस्पर्धि क्षमता विकास गर्नुपर्ने चुनौती आएको बताउँदै त्यसको लागि पनि गुणस्तरीय सेवा तथा प्रविधिको प्रयोगमा जोड दिनुभयो । त्यस्तै पूर्वाधार अभावका कारण पनि सदस्य उद्योगी व्यवसायीलाई सोंचेजस्तोगरी सेवा सुविधा दिन समस्या भएको उहांको भनाई थियो ।
त्यस्तै कार्यक्रममा सहभागिहरुले सदस्यता शुल्क प्रतिष्ठानको पुँजीको आधारमा तय गर्नुपर्ने सुझाव दिएका छन् । त्यस अवसरमा संघका कार्यसमिति सदस्य तथा सदस्य अभिबृद्धि समितिका संयोजक सुमोदमान सैंजुले सदस्यता नीति सम्बन्धि अवधारणा प्रस्तुत गर्नुभएको थियो । त्यसमा बस्तुगत समितिका सभापति तथा उपसभापतिहरुले लिखित सुझाव राख्नुभएको थियो ।

≪ Previous Post

बुटवलमा लुम्बिनी डान्स आईकन हुदै

Next Post ≫

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघमा अजय गुप्ताको नेतृत्वमा नयाँ समिति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क