Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा लुम्बिनी डान्स आईकन हुदै
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवलमा लुम्बिनी डान्स आईकन हुदै

संसारपोस्ट संवाददाता · २७ असार २०७९ · 0
बुटवलमा लुम्बिनी डान्स आईकन हुदै
50
SHARES
ShareTweet

बुटवल, २७ असार । नृत्य प्रतिभालाई प्रस्फुटन गर्ने लक्ष्यका साथ लुम्बिनी डान्स आईकन प्रतियोगिता हुने भएको छ । नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा लुम्बिनी डान्स आईकन हुने भएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि संघका प्रदेश अध्यक्ष लोकेन्द्र शाहले जानकारी गराए ।
‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ नारासहित स्थापना भएको संघले नृत्य सिकाउनुका साथै विविध रचनात्मक कार्यक्रम गर्दै आएको शाहले बताए । टिपिकल नृत्यलाई सहभागि गराउन एकल, जोडी र सामुहिक गरि ३ विधामा आयोजना हुने प्रतियोगिताको अडिसन लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख शहरहरुमा गरिने उनले बताए ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । फागुन ६ गते नृत्य दिवसमा बुटवलमा लुम्बिनी डान्स आईकन प्रतियोगिता भब्य रुपमा मनाउने उनले बताए ।
नृत्य दिवसमा करिब २० लाख खर्च हुने अनुमान रहेको उनले बताए । उनका अनुसार देशभरका नृत्यकारहरु बुटवल भित्र्याउने लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले लोक संस्कृति र पहिचानलाई जगेर्ना हुने गरि कार्यक्रम गर्न सुझाव दिए । नृत्यको नाममा संस्कृतिलाई नकारात्मक प्रभाव पार्न र विकृतिहरुलाई मेट्ने गरि कार्यक्रम गर्नुपर्ने उनले बताए । नेपाली संस्कृति, संस्कारलाई रितिरिवाज झल्काउने गित संगित, कपडा र गहनाहरु बढिभन्दा बढि प्रयोग गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा लोकदोहरी प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डिल्ली नारायण पाण्डेले देशका गहना मानिने कलाकारहरुको सम्मान स्वरुप यो महत्वपूर्ण कार्यक्रम भएको बताए । सरकारबाट गर्नुपर्ने कार्यक्रमलाई नृत्य कलाकारहरुले नै संस्कृति जगेर्नामा लाग्नु निक्कै सराहनीय कार्य भएको उनले बताए ।
कार्यक्रममा महिला उपाध्यक्ष मिना बुढाथोकीले पहिलोपटक प्रदेशमा कार्यक्रम गर्न लागेको बताइन् । प्रदेशका कुनाकन्दरामा लुकेका नृत्यमा रुचि भएका कलाकारहरुलाई प्रस्फुटन गर्ने लक्ष्यसहित कार्यक्रम गर्न लागेको उनले बताईन ।
कार्यक्रमका सहसंयोजक माईकल दर्लामीले रुपन्देहीमा पहिलो अडिसन ३२ गते नवीन औद्योगिक माविमा हुने बताए । पहिलो अडिसनमा ५ सय नृत्य कलाकार सहभागी हुने उनले बताए । प्रतियोगीबाट दर्ता शुल्क वापत एकल ३ सय रुपैया, जोडी ६ सय र सामुहिक १ हजार रुपैंया राखिएको उनले बताए । चार राउण्डमा संचालन हुने प्रतियोगिताको फाईनल दुई महिनामा सम्पन्न हुने उनले बताए । पहिलो र दोस्रो चरणको अडिसन निर्णायकबाट तथा तेस्रो र चौथो चरणमा भने निर्णायक र थप भोटिङबाट निर्णय हुने छ ।
कार्यक्रममा एशियन थाई फुडका रिजनल म्यानेजर दिपक बास्तोला, सल्लाहकार मनिष पन्त, संयोजक सुन्दर गुरुङले प्रतिभा प्रस्फुटन हुने गरि संस्कृति जगेर्नामा सबैको साथ जरुरी रहेको बताए ।

≪ Previous Post

रुपन्देहीको मायादेवी गाउँपालिकामा एक गाउँ एक स्वास्थ्यकर्मी

Next Post ≫

उद्योग वाणिज्य संघको सेवा सुविधालाई समयसापेक्ष बनाउन सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क