Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुणस्तरीय र समयमा काम नगर्ने ठेक्केदारलाई वर्गीकरण गरेर कारवाही गरिन्छ ः मुख्य मन्त्री पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुणस्तरीय र समयमा काम नगर्ने ठेक्केदारलाई वर्गीकरण गरेर कारवाही गरिन्छ ः मुख्य मन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0
गुणस्तरीय र समयमा काम नगर्ने ठेक्केदारलाई वर्गीकरण गरेर कारवाही गरिन्छ ः मुख्य मन्त्री पोखरेल
140
SHARES
ShareTweet

प्रदेश पाँचमा ६६ हजार ३१८ उद्योगमा ७ अर्व ६९ करोड लगानी


बुटवल, १४ असार
प्रदेश पाँचमा हालसम्म ६६ हजार ३१८ उद्योग सञ्चालनमा रहेका र ती उद्योगमा ७ अर्व ६९ करोड रुपैंया लगानी छ । प्रदेशमा चालु आर्थिक वर्षमा १६ हजार ८७५ साना उद्योग, २०७ घरेल र ९१५ लघु उद्योग दर्ता भई ६१ हजार ३९३, १ हजार ६४९ र लघु ३ हजार १२६ गरि हालसम्म प्रदेशमा ६६ हजार ३१८ उद्योग पुगेको प्रदेश सरकारले जनाएको छ ।
यी उद्योगमा २ लाख १२ हजार जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेको पनि प्रदेश सरकारले जनाएको छ । त्यस्तै प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट गत आर्थिक वर्षमा ११६ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको तथा ५१५ किलोमिटर सडक चौडा गरिएको, २४८ किलोमिटर सडक ग्राभेल र २०३ किलोमिटर सडक कालोपत्रे गरिएको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले जानकारी गराउनु भयो ।
प्रदेश सरकारले गत आर्थिक वर्षको बार्षिक समिक्षा बैठक पछि मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले कालोपत्रे गर्न तयारी अवस्थामा रहेका सडकको समेत वर्षाका कारण रोकिएको र वर्षा सकिएलगत्तै कालोपत्रे गरिने बताउनु भयो । उहाँका अनुसार प्रदेश सरकारले ७१ किलोमिटर सडक कालोपत्रेका लागि तयारी गरिएको थियो ।
त्यस्तै भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत ५२ निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको र उक्त कार्यक्रममा ५ हजार ६३ घर परिवार आवद्ध भएको तथा ३१६ जनालाई प्रत्यक्ष रोजगारी प्राप्त भएको उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षको बार्षिक समिक्षा बैठकमा प्रदेशका सबै मन्त्रालयका मन्त्री तथा सचिवहरुले आ–आफ्नो मन्त्रालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनका आधारमा सरकारले समग्र प्रतिवेदन प्रस्तुत गरेको हो ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरलले गुणस्तरीय काम नगर्ने तथा समयमा काम नगर्ने ठेक्केदारलाई वर्गीकरण गरेर कारवाहीको प्रकृया अंगाडी बढाउने बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा बजेट खर्चका हिसावले अरु प्रदेशका तुलनामा अंगाडी रहेको बताउँदै कुल बजेटको ६३.४६ प्रतिशत प्रगती हासिल भएको उल्लेख गर्नुभयो । प्रदेश पाँचको गत आर्थिक वर्षमा सशर्त, समपुरक, समानीकरण अनुदान राजश्व बाडफाँड र आन्तरिक स्रोतबाट समेत गरि २८ अर्व ८ करोड ५५ हजार बिनियोजन भएको थियो । संशोधित अनुमानको आधारमा गणना गर्ने हो भने खुद कायम भएको बजेट २६ अर्ब १४ करोड ६२ लाख ३१ हजार हुन आउने र त्यसका आधारमा ७४.६१ प्रतिशत प्रगति भएको मुख्यमन्त्री पोखरेलले बताउनु भयो ।
आन्तरिक राजश्व संकलनतर्फ बिभिन्न शिर्षकमा कुल २ अर्व ४० करोड राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा २ अर्ब ८० करोड २८ लाख राजश्व संकलन भएको बताउँदै स्थानीय तहबाट आउनु पर्ने पूर्ण राजश्व अझै आईनसकेको र केन्द्रबाट आउनु पर्ने समानीकरण अनुदान लगायतका आउन बाँकी रहेकाले राजश्व संकलन अझै बढ्ने उहाँले दावी गर्नुभयो

≪ Previous Post

परासीमा उद्धारका लागि ५ लाखको डुंगा

Next Post ≫

बौद्ध विश्वविद्यालयले बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क