Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न बुटवल उद्योग वाणिज्य संघको पहल
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवल अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न बुटवल उद्योग वाणिज्य संघको पहल

संसारपोस्ट संवाददाता · ३ असार २०७९ · 0
बुटवल अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न बुटवल उद्योग वाणिज्य संघको पहल
110
SHARES
ShareTweet

बुटवल, ३ असार । बुटवलको अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने विषयमा छलफल सुरु गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ र ५ मा पर्ने अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने विषयमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सरोकारवालाहरुसंग छलफल सहितको पहल सुरु गरेको हो ।
बुटवलको व्यापार व्यवसाय सुस्ताउँदै गएकाले यसलाई चलायमान गराउनको लागि रात्रीकालिन व्यवसाय सञ्चालन गर्नका लागि सुरक्षा र पार्किङको व्यवस्थापन सहज कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी गराउनु भयो ।
शुक्रबार संघको सभाहलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा त्यस क्षेत्रका व्यवसायीहरुले संघले राम्रो अवधारणा अगाडि सारेको भन्दै त्यसमा व्यवसायीहरुले भरपुर साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
बुटवलमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्दा शान्ति सुरक्षा र पार्किङ् मुख्य समस्याका रुपमा रहेपनि आवश्यक्ता अनुसार यसको सहज ब्यवस्थापन गर्न सकिने ब्यवसायीहरुको विश्वास छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्दा भौगोलिक अवस्था, सडक पूर्वाधार र पार्किङ व्यवस्थापनमा बिशेष ध्यान दिनुपर्ने बताउनु हुन्छ । उहाँले अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने हो भने त्यस क्षेत्रमा सवारी आवागमनलाई पूर्ण रुपमा प्रतिवन्ध लगाउनु पर्ने भनाई राख्नुभयो । अमरपथमा अहिले पनि पार्किङको समस्या भएको र रात्रीकालिन व्यवसाय सञ्चालन गर्दा पार्किङ व्यवस्थापनको लागि समाधान के हुन सक्छ ? त्यसको पनि सुझाव दिन आग्रह गर्नुभयो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले रात्रीकालिन व्यवसाय सञ्चालन गर्दा सिमित क्षेत्रका उपभोक्ता मात्र नभएर अन्यत्र बाट आउने सेवाग्राही घरपुग्दा सम्मको सुरक्षा व्यवस्थापन मिलाउनु पर्ने भनाई राख्नुभयो । रातीको समय भएकाले चोरी, लुटपाट देखि लिएर बदला लिने सम्मका अपराधिक गतिबिधि पनि हुन सक्ने बताउँदै प्रहरी नायव उपरीक्षक केसीले सुरक्षामा प्रविधिको प्रयोगमा जोड दिनुभयो ।
अमरपथलाई व्यापारिक दृष्टिले बुटवलको मुटु मानिन्छ । तर पार्किङ लगायतका समस्याका कारण पछिल्लो समय त्यहाँबाट व्यापार विस्थापित हुने र अन्य स्थानमा विस्तार हुने क्रममा छ । यसका पछाडी पार्किङको मात्र समस्या नभएको बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ बताउनु हुन्छ । उहाँका अनुसार पार्किङको समस्यासंगै तिब्र रुपमा बृद्धि भएको घरभाडा पनि प्रमुख कारण रहेको छ ।
अमरपथको व्यवसायलाई चलायमान बनाउनको लागि रात्रीकालिन व्यवसाय राम्रो विकल्प हुने बताउँदै पूर्व अध्यक्ष श्रेष्ठले त्यसको लागि कस्तो बजार सञ्चालन गर्ने हो त्यसको मापदण्ड तयार गर्न सुझाव दिनुभयो ।
अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन भयो भने त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा फाईदा स्थानीय व्यवसायी र घरधनीलाई हुने हो । यसको लाभ लिनको लागि स्थानीय व्यवसायी र घरधनीहरुले पनि कस्तो व्यवसाय सञ्चालन गर्ने ?, के गर्दा दीगो हुन्छ ? भन्ने विषयमा सोंच्न संघका वरिष्ठ उपाध्यक्ष दिनेप्रसाद श्रेष्ठले आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा आफ्नो सुझाव राख्दै संघका पूर्व उपाध्यक्ष हरिप्रसाद अर्यालले अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने कुरा सकारात्मक रहेको र संघले सुरु गरेको कार्यक्रमलाई प्रभावकारी बनाउने गरी योजना बनाएर अगाडि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा व्यवसायीहरु अनिल कुवँर, मदन अधिकारी, त्रिबिक्रम श्रेष्ठ, विष्णु पौडेल, अलिम दिन लगायतले संघले थालनी गरेको अभियान राम्रो रहेको बताउँदै अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रम संघका महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।
(((((((((((((((((((

≪ Previous Post

पाल्पा उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत : ब्यवसायिक र पर्यटन क्षेत्रको विकासमा सहकार्य आवश्यक

Next Post ≫

जिल्ला समन्वय समिति रुपन्देही प्रमुखमा कांग्रेसका चपाई विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क