Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निजी शैक्षिक संस्थामा (विप्लव) अखिल क्रान्तिकारीको कालो ब्यानर
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निजी शैक्षिक संस्थामा (विप्लव) अखिल क्रान्तिकारीको कालो ब्यानर

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0
निजी शैक्षिक संस्थामा (विप्लव) अखिल क्रान्तिकारीको कालो ब्यानर
80
SHARES
ShareTweet


संसार पोष्ट
नवलपरासी, १४ साउन । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीले रुपन्देही, नवलपुर, अर्घाखाँची र पाल्पा जिल्लामा रहेका केही कलेज र निजी बिद्यालयहरुमा कालो ब्यानर टांगेको छ । संगठनले शैक्षिक माफियाद्वारा सञ्चालित कलेज र स्कूल भन्दै कलेज र विद्यालयहरुमा कालो ब्यानर राखेको छ । ‘सामाजिक बहिस्कार गरौँ’ भन्ने ब्यानर टाँगेर सामाजिक वहिष्कारको अपिल समेत गरिएको छ ।
यस्तै अखिल क्रान्तिकारीले नवलपुर जिल्लाका ३ जना कलेज र बोर्डिङ्ग संचालकलाई शैक्षिक माफिया भन्दै उनीहरु सम्वद्ध विद्यालय अगाडि कालो ब्यानर टाँगेको छ ।
नवलपुरको गैडाकोटमा रहेको अक्सफोर्ड इन्जिनियरिङ्ग कलेजका प्रिन्सिपल हरि भण्डारी, गैडाकोटकै मुकुन्दसेन बोर्डिङ्ग स्कूलका प्रिन्सिपल एवम् लगानी कर्ता राजेन्द्र पौडेल र नेपाल माविका प्रधानाध्यापक एवम् सेन्टजोसेफ स्कुलका लगानी कर्ता शिवप्रसाद देवकोटालाई शैक्षिक माफिया भनेर उल्लेख गरिएको छ ।
अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोले शैक्षिक माफियाहरु भन्दै सम्बन्धित विद्यालयको गेट अगाडि ब्यानर बनाएर टाँगेको छ ।
ब्यानरमा भण्डारीलाई विद्यार्थीहरुबाट भर्ना, मासिक र बार्षिक शुल्क मनोमानी तरिकाले असुलेको, विद्यार्थीको स्वतन्त्रता हनन गरेको, मापदण्ड विपरित विद्यालय सञ्चालन गरेको र छात्रवृत्तिको कार्यान्वयन नगरेको आरोप लगाइएको छ । त्यसैगरी राजेन्द्र पौडेललाई सार्वजनिक जग्गा अतिक्रमण गरेको, विभिन्न शिर्षकमा विद्यार्थीसँग रकम अुसली गरेको, मापदण्ड विपरित विद्यालय सञ्चालन गरेको, पोशाक र पुस्तक विद्यालयबाट नै विक्री गरेका जस्ता आरोप लगाइएको छ ।
त्यसैगरी शिव देवकोटालाई सरकारी विद्यालयको स्थायी शिक्षक भएर पनि अन्य क्याम्पसहरुमा पढाउने गरेको, स्थायी शिक्षकले निजी विद्यालयमा लगानी गरेको, विभिन्न शिर्षकमा विद्यार्थीसँग रकम अुसली गरेको आरोप लगाइएको छ ।
सामाजिक बहिष्कार गरौँ, भनेर लेखिएको ब्यानर रुपन्देहीको देवदह स्थित सगरमाथा अंग्रेजी बोर्डिङ्ग स्कूल, बुटवलको सञ्जीवनी नर्सिङ कलेज, नमस्ते एकेडेमी तिलोत्तमा, न्यू एकेडेमी इङ्लिस बोर्डिङ्ग सैनामैना र सिद्धार्थ मेडिकल कलेज तथा अर्घाखाँचीको सन्धिखर्क स्थित एक बोर्डिङ्ग स्कूलमा पनि अखिल क्रन्तिकारीले कालो ब्यानर टाँगेको छ ।

≪ Previous Post

प्रदेश पाँचमा २ लाख ४३ हजार सवारी साधन कारवाहीमा

Next Post ≫

परासीमा उद्धारका लागि ५ लाखको डुंगा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क