Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रदेश पाँचमा २ लाख ४३ हजार सवारी साधन कारवाहीमा
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँचमा २ लाख ४३ हजार सवारी साधन कारवाहीमा

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0
प्रदेश पाँचमा २ लाख ४३ हजार सवारी साधन कारवाहीमा
90
SHARES
ShareTweet


सवारी साधन कारवाहीमा एक वर्षमा पौने १९ करोड राजस्व असुली, मापसेबाट पौने २६ लाख संकलन

७ जनालाई सार्वजनिक मुद्दा , ६८७ जनाको लाईसेनमा प्वाल

यमलाल भुसाल
बुटवल, १४ साउन । प्रदेश नम्बर पाँचमा प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम विपरित संचालन गरिएका विभिन्न सवारी साधनलाई कारवाही गरि १८ करोड ७७ लाख ८२ हजार ७५० रुपैयाँ राजस्व संकलन गरेको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७५। ०७६ मा ट्राफिक नियम विपरित संचालन गरिएका २ लाख ४३ हजार ७५६ वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७४ ।०७५ को तुलनामा वितेको आर्थिक वर्षमा प्रदेशमा सवारी साधनलाई कारवाही र राजस्व संकलनमा वृद्धि भएको छ ।
यद्यपी ट्राफिक प्रहरीको धेय राजस्व असुली भन्दा पनि दुर्घटनामा न्युनिकरण र ट्राफिक नियमको पालनामा जोड दिनु नै हो । प्रदेश पाँचका १२ जिल्लामा आर्थिक वर्ष २०७५। ०७६ मा ९१ ह्जार ८ सय ४६ वटा ट्रकलाई कारवाही गर्दा ५ करोड ४७ लाख ५० हजार ५ सय राजस्व संकलन गरिएको छ ।
त्यस्तै २३ हजार ८२९ वटा बसलाई कारवाही गरि १ करोड ४० लाख १५ हजार राजस्व संकलन भएको छ भने ३६ हजार ८४५ वटा जिपकारलाई कारवाही गरि २ करोड ४७ लाख १ हजार राजस्व संकलन गरिएको छ ।
त्यसैगरि २९ हजार ३३० वटा टेक्टरलाई कारवाही गर्दा १ करोड ६९ लाख ६५ हजार राजस्व संकलन भएको छ ।
त्यस्तै ५५ हजार ८४ वटा मोटरसाइकिललाई कारवाही गर्दा ३ करोड ३७ लाख २८ हजार रुपैयाँको राजस्व संकलन भएको छ भने ६ हजार ८२२ वटा टेम्पोलाई कारवाही गरिएकोमा ४२ लाख ९३ हजार ५ सय रुपैया राजस्व संकलन भएको प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालय बुटवलका संचार संयोजक प्रहरी नायव उपरिक्षक राम प्रकाश शाहले बताउनु भयो ।
जस अनुसार पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले २५ हजार १३२ वटा सवारी साधनलाई कारवाही गरि १ करोड ५६ लाख ३३ हजार ५ सय, रुपन्देही जिल्लाले ४९ हजार ६ सय वटा सवारी साधनलाई कारवाही गरी ३ करोड ५ लाख १२ हजार रुपैया राजस्व संकलन गरेको जनाएको छ ।
त्यस्तै पश्चिम नवलपरासीले २३ हजार ४८१ वटा सवारी साधनलाई कारवाही गरि १ करोड ४० लाख १६ हजार र कपिलवस्तुले २७ हजार ४२९ वटा सवारी साधनलाई कारवाही गरि १ करोड ५७ लाख १६ हजार राजस्व संकलन गरेको छ ।
पाल्पा जिल्लाले १५ हजार ८४ वटालाई कारवाही गरि ९१ लख १९ हजार ५ सय र गुल्मी जिल्लाले ६ हजार ३८९ वटा सवारी साधनलाई कारवाही गरि ३९ लाख ७ हजार रुपैया राजस्व संकलन गरेको छ ।
त्यस्तै अर्घाखाँचीले ५ हजार ९५० वटा सवारी साधनलाई कारवाही गरि ३६ लाख ८४ हजार ५ सय र दाङजिल्लाले ३४ हजार ५०९ वटा सवारी साधनलाई कारवाही गरी २ करोड १३ लाख ५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।त्यस्तै बाँके जिल्लाले ३१ ह्जार ६६७ वटा सवारी साधनलाई कारवाही गरी १ करोड ६९ लाख ९० हजार र बर्दिया जिल्लाले १४ हजार १७४ सवारी साधनलाई कारवाही गरी ७९ लाख ११ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी प्युठान जिल्लाले ६ हजार ४७५ वटा सवारी साधनलाई कारवाही गरी ३५ लाख ७ हजार, रोल्पा जिल्लाले २ हजार ८५३ वटा सवारी साधनलाई कारवाही गरी १५ लाख २२ हजार र रुकुम पुर्व जिल्लाले ५९१ वटा सवारी साधनलाई कारवाही गरी ३ लाख ७० हजार रुयैयाँ राजस्व संकलन गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प््रादेश पाँचमा वितेको १ वर्षमा २ हजार ५७३ जनालाई मापसेमा कारवाही गरी २५ लाख ७३ हजार र सिटवेल्ट नलगाएका ३ हजार ३४४ जनालाई कारवाही गरी १८ लाख ८१ ह्जार रुपैयाँ राजस्व संकलन गरिएको जनाएको छ ।
त्यस्तै गती विपरित सवारी साधन चलाएका ५ हजार ५३९ जनालाई कारवाही गरी ३६ लाख २० हजार र ओभरलोड बोकेका ४० हजार ८४५ वटा सवारी साधनलाई कारवाही गरी २ करोड ९२ लाख ६७ हजार ५ सय राजस्व संकलन भएको छ । त्यस्तै छतमा यात्रु राखि संचालन गरेका १ सय ११ सवारी साधनलाई कारवाही गरी ९५ हजार ७५०, सडक लेन अनुशासन विपरित संचालन गरेका २ हजार ४१६ सवारी साधनलाई कारवाही गरी १४ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।
प््रादेशमा वितेको १ वर्षमा ६८७ जनाको चालक अनुमतीपत्रमा प्वाल पारिएको र ७ जनालाई सार्वजनिक मुद्दा चलाईएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक मधुसुदन लुईटेलले बताउनु भयो ।

≪ Previous Post

मनसुनी गतिविधि कम ः अझै केही दिन पानी नपर्ने

Next Post ≫

निजी शैक्षिक संस्थामा (विप्लव) अखिल क्रान्तिकारीको कालो ब्यानर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क