Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मनसुनी गतिविधि कम ः अझै केही दिन पानी नपर्ने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मनसुनी गतिविधि कम ः अझै केही दिन पानी नपर्ने

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७६ · 0
मनसुनी गतिविधि कम ः अझै केही दिन पानी नपर्ने
90
SHARES
ShareTweet


काठमाडौं, १४ साउन । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर रहेकाले मनसुनी गतिविधि कम सक्रिय भई अझै केही दिन पानी नपर्ने भएको छ । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार न्यूनचापीय रेखा नेपालको तराईभन्दा दक्षिण रहेका कारण पानी पर्न अझै केही दिन लाग्ने भएको हो । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहांले भन्नुभयो, “उक्त प्रणाली नेपालसम्म आइपुग्न अझै तीन चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन ।” यो समयमा वर्षा नै नहुने भने होइन । ‘आइसुलेटेड’ जुन स्थानमा पर्छ । सोही स्थानमा छोटो समयमा भारी वर्षा पनि हुन सक्छ तर त्यसलाई देशव्यापीरुपमा मनसुन पूर्ण सक्रिय भएको भन्न नमिल्ने मौसमविद् कँडेलको भनाइ छ । मंगलबार राति देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुनाका साथै मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै बिहीबार देशभर आंशिकदेखि सामान्य बदली हुनाका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै राति पश्चिमी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सामान्य सतर्कता अपाउन आग्रह गरिएको छ । रासस

≪ Previous Post

आज २०७६ श्रावण १४ गते मंगलवार तदनुसार ३० जून २०१९ काे राशिफल

Next Post ≫

प्रदेश पाँचमा २ लाख ४३ हजार सवारी साधन कारवाहीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क