Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिनाउ नदी किनारको जोखिम कम गर्दै क्षति हुन नदिन तत्काल योजना बनाएर कार्यान्वयन गर्छौं : नगरप्रमुख पाण्डे
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिनाउ नदी किनारको जोखिम कम गर्दै क्षति हुन नदिन तत्काल योजना बनाएर कार्यान्वयन गर्छौं : नगरप्रमुख पाण्डे

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०७९ · 0
तिनाउ नदी किनारको जोखिम कम गर्दै क्षति हुन नदिन तत्काल योजना बनाएर कार्यान्वयन गर्छौं : नगरप्रमुख पाण्डे
170
SHARES
ShareTweet

बुटवल, २४ जेठ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले तिनाउ नदी किनारमा जोखिममा रहेका बस्तीक्षेत्रको अवलोकन गरेका छन् । तिनाउ नदी किनार क्षेत्रमा रहेका बस्तीको अवस्थाबारे जानकारी लिन पाण्डे मंगलबार बिहानै नदी किनार क्षेत्रमा पुगेका थिए ।
बर्षायाममा नदीमा आउने बाढीका कारण बस्ती जोखिममा पर्ने भएकाले त्यसको जोखिम न्यूनीकरण गर्दै क्षति हुन नदिनका लागि नगरपालिकाले तत्काल योजना बनाएर कार्यान्वयन गर्ने उनले बताए ।
‘बर्षाभन्दा अगाडि नदीलाई सही बाटोमा हिड्ने स्थिति बनाउनका लागि लागि योजना बनाउने छौं, तिनाउ दानव नदीको कारणले हुनसक्ने जोखिम न्यूनीकरण गर्न र यसको दीर्घकालीन समाधान गर्नका लागि ठूलो बजेटको आवश्यकता पर्छ, त्यसका लागि पनि पहल गर्नेछौं,–उनले स्थानीयसँग भने–‘नगरले आजै नै बैठक बसेर यसको समाधानको काम थाल्छ, जोखिम कम गर्न र सकेसम्म क्षति हुन नदिनका लागि प्रयास गर्नेछौं ।’
हिउँदमा सुख्खा हुने बुटवलको तिनाउ नदी बर्खायाममा डरलाग्दो गरी उर्लिएर आउँदा तिनाउ नदी किनारका बस्ती जोखिममा पर्छन् । पाल्पाको माडीबाट शुरु भएको तिनाउमा ३० वटा भन्दा बढी खहरे खोला मिसिएर बुटवल आइपुग्दा नदी किनारका बस्ती नै जोखिममा पार्ने गरी बाढी आउँछ ।
मनसुन सक्रिय हुन केही साता मात्रै बाँकी रहँदा तिनाउ नदी किनारमा रहेका जोखिम क्षेत्रका बासिन्दाले तिनाउको बाढीबाट जोगाउन बुटवल उपमहानगरपालिकाले नदीको बीचका ढिस्को हटाएर नदीकै वास्तविक वहाव क्षेत्र खुला गरिदिनुपर्ने पवित्रनगर टोल विकास समितिका सचिव सुनिल गौतम बताउँछन् ।
विगतका बर्खामा भएकोे क्षति यसपटक नदोहो¥याउनका लागि बुटवल उपमहानगरपालिकाले सुरक्षाको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।
तिनाउ टोल विकास समितिका अध्यक्ष हिमलाल पाण्डेलगायतले आउँदो बर्षाअघि नै समस्या समाधान गरेर स्थानीयका घरबस्ती जोगाउनुपर्ने माग नगरप्रमुखसामु राखेका थिए ।
बुटवलको तिनाउ नदी किनारका बिनापाते, हात्तीसुँढ, तिनाउ नगर, मजुवा, बुद्धनगर, प्रगतिनगर नदी उकास क्षेत्र हुन् । ३० हजारभन्दा बढी जनसंख्या रहेका यी बस्ती तिनाउमा आउने बाढीको उच्च जोखिमयुक्त क्षेत्र हुन् । बर्खामा चुरेको गेग्रेटो र ढुंगासहित तिनाउमा आउने बाढीले यी बस्ती जोखिममा पर्छन् ।
२०५९ सालदेखि तिनाउ नदी किनारमा बस्ती बस्न थालेयता नदी अतिक्रमण बढेको छ भने अतिक्रमणसँगै जोखिम पनि बढ्दै गएको छ । जसका कारण तिनाउ नदीको वहाव क्षेत्र अधिकांश स्थानमा ३ सय मिटर मात्रै छ ।

≪ Previous Post

पत्रकार महासंघ रुपन्देहीद्वारा पालिका प्रमुखसँग अन्तरसंवाद

Next Post ≫

निर्वाचित एक पालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क