Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ निर्वाचित एक पालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

निर्वाचित एक पालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०७९ · 0
निर्वाचित एक पालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन
110
SHARES
ShareTweet

काठमाडौं, २४ जेठ । भ्रष्टाचारका मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचित भएका एक गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।
भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता भई मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्ति निर्वाचित भएकाले निलम्बन गर्न भनिएको आयोगका सह–प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
सह–प्रवक्ता भण्डारीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय, सोही गाउँपालिका–३ का वडाध्यक्ष नन्दराम गिरी, नुवाकोट विदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारी र अछाम पंचदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावललाई कानुनअनुसार निलम्बनको व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायसमक्ष लेखि पठाएको हो । उनीहरू चारैजनाविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेको र कसुर ठहर भएका व्यक्तिहरू रहेका छन् ।
आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोगसहितका निकायलाई पत्र लेखेर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका बेला उनीहरू जनप्रतिनिधिमा चुनिएको भन्दै स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन रहेको अख्तियारले जनाएको छ । अघिल्लो कार्यकालमा वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पु¥याएको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा हालेको थियो ।
अख्तियारका अनुसार मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था अनुसार हाल मोहन्याल गा.पा.का. अध्यक्ष पदमा निर्वाचित देवीदत्त उपाध्यायको हकमा निजविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्वन्धित स्थानीय तहमा लेखी पठाइएको छ ।
यस्तै, मोहन्याल–३ का वडाध्यक्ष नन्दराम गिरी पनि मुद्दाको टुंगो नलागेसम्मका लागि निलम्बनमा परेका छन् । अघिल्लो पटक पनि वडाध्यक्ष रहेका उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा विचाराधीन छ ।
नुवाकोटको बिदुर नगरपालिका–९ का वडाध्यक्ष हरिराम भण्डारीलाई पनि अख्तियारले निलम्बन गर्न भनेको छ । सुलक्षण माविको प्रध्यानाध्यापक रहँदा विद्यालयको सम्पत्ति हिनामिना गरेको आरोपमा उनीविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का वडाध्यक्ष सुरतबहादुर रावल पनि निलम्बन परेका छन् । कालीदेवी माविको शिक्षक रहँदा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्दै उनीविरुद्ध मुद्दा चलेको थियो । उनीविरुद्धको मुद्दा पनि विचाराधीन छ ।

≪ Previous Post

तिनाउ नदी किनारको जोखिम कम गर्दै क्षति हुन नदिन तत्काल योजना बनाएर कार्यान्वयन गर्छौं : नगरप्रमुख पाण्डे

Next Post ≫

लुम्बिनी प्रदेश सरकारद्वारा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क