बुटवल, २४ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देहीले नवनिर्वाचित पालिका प्रमुखहरुसंग सञ्चार र स्थानीय तहको अन्तरसम्बन्ध विषयक अन्तरसम्बाद कार्यक्रम गरेको छ ।
मंगलबार बुटवलमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुले सञ्चारमैत्री भएर आफूहरुले सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् भने सञ्चारकर्मीहरुले पालिकाहरुले मिडियाको भूूमिकालाई सहि रुपमा बुुझ्न र सोहीअनुरुप नीति बनाउन सुुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सञ्चार माध्यम र पत्रकारहरुसंग आवश्यक समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो । उहांले सञ्चारक्षेत्रको बिकासका लागि सञ्चार सम्वद्ध संस्थासंग समन्वय गरेर संगसंगै हिड्ने बताउनुभयो । उहांले हप्तामा एक दिन पत्रकारहरु संग संगै बसेर आवश्यक छलफल गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
नगरप्रमुख पाण्डेले आफू निर्वाचित भएसंगै पहिलो बैठकबाट नै चौराहा – चिडियाखोला सडक मर्मतको काम गरेको बताउंदै अब बर्खाको समय आउन लागेकोले यसको जोखिम ब्यवस्थापनको काममा लागेको बताउनुभयो । निर्वाचन सकिएको १५ दिनमा घरदैलो र सम्मानमा गएको बताउदै यो जनचासोअनुरुप गरेको बताउनु भयो ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र स्थानीय तहलाई मर्यादित बनाउन पत्रकारको भुमिका निकै महत्वपूर्ण रहेको बताउनु भयो । उहांले राम्रो काम गर्ने र गलत गर्दा तोकेर समाचार लेख्न समेत आग्रह गर्नुभयो । उहांले पत्रकार र जनप्रतिनिधि बिचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताउंदै सम्बन्ध बलियो भएमा समृद्धि आउने बताउनु भयो । उहांले निर्वाचनमा कुनै पार्टिबाट जितेपनि अब सबै जनप्रतिनिधि साझा बन्नु पर्ने बताउनु भयो । जबाफदेहिता सहित काम गर्नुपर्नेमा जोड दिदै उहांले पत्रकार महासंघको समन्वयमा नै सुझाब लिएर अगाडी बढ्ने बताउनु भयो ।
शुुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद बस्यालले मिडिया र सञ्चारले स्थानीय तह र जनप्रतिनिधिलाई आवश्यक स्थान दिन आग्रह गर्दै आफू र स्थानीय तह सुधार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आफू मिडिया मैत्री बनेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उहांले समय समयमा सुझाब दिन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूूर्वा अध्यक्ष एव सल्लाहकार डा. बालकृष्ण चापागाईंले निर्वाचनमा फरक फरक पार्टीबाट जितेपनि समान सहभागिता हुनेगर।ी काम गर्न सुझाब दिनुभयो । उहांले स्थानीय मिडिया र पत्रकारको क्षमताले पालिकाको पहिचान दिने बताउदै क्षमता अभिबृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष एंव सल्लाहकार विनोद पहाडीले समान सहभागितालाई ध्यान दिन आग्रह गर्नुभयो । उहांले स्थानीय पालिकाहरुले प्रेस बोर्ड गठन गरेर सञ्चार क्षेत्रसँग सहकार्य गर्न सक्ने बताउनु भयो । पत्रकारले स्थानीय जनप्रतिनिधिलाई सहयोग गरेजस्तै जनप्रतिनिधिले पनि सहकार्य गर्न तयार रहनुपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार यानेन्द्र जिसीले जनप्रतिनिधिहरु पत्रकार महासंघको कार्यक्रममा अनुपस्थित हुने शैली मिडियामैत्री नभएको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईले स्थानीय तहका जनप्रतिनिधिले बिज्ञापन तथा सूचना दिदा मिडिया मैत्री बनाउन आग्रह गर्नुभयो । उहांले पत्रकारहरुले पनि आफ्ना भनाई र गराईमा एकरुपता ल्याउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बरिष्ठ पत्रकार माधव नेपालले रुपन्देहीका सञ्चार माध्यमको अवस्थाको बारेमा जानकारी दिदै पालिकाले गर्नुपर्ने कामको बारेमा बताउनु भयो । उहांले सूचनामा सहज पहुँच, समानुपातिक लोककल्याणकारी विज्ञापन वितरण, जनसहभागिता लगायतका बारेमा सुझाब दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्थानीय तहले पत्रकार र सञ्चार माध्यमको अवस्थाको बारेमा ध्यान दिनुपर्ने बताउनु भयो । उहांले रुपन्देहीका स्थानीय तहले पत्रकारहरुको क्षमता र दक्षता अभिबृद्धि तथा महासंघको भौतिक विकासमा सोचे अनुरुप काम गर्न नसकेको बताउनु भयो । उहांले पत्रकारितामा बुटवललाई मोफसलको राजधानी भनेर भन्ने गरिएको बताउदै पत्रकारको क्षमता वृद्धि गर्नमा स्थानीय तहले ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकारहरु यमलाल भुसाल, शरण कर्माचार्य, श्यामलाल पोखरेल, निरु गौतम लगायतले स्थानीय तहका जनप्रतिनिधिले मिडियामैत्री ब्यवहार देखाउन आग्रह गर्नुभयो ।
रुपन्देहीका १६ पालिका प्रमुखको सहभागितामा हुने कार्यक्रममा ३ पालिका प्रमुखलाई सहभागि बनाएर अन्तरसम्बाद गरिएको थियो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोखरेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत, उपाध्यक्ष अमृता अनमोलको धन्यवाद ज्ञापन र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको हो ।
