Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योग व्यवसायमा भएका नीतिगत समस्याका विषयमा बुटवल उद्योग वाणिज्य संघ र व्रिटिस एम्बेसीका प्रतिनिधिविच अन्तरक्रिया
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योग व्यवसायमा भएका नीतिगत समस्याका विषयमा बुटवल उद्योग वाणिज्य संघ र व्रिटिस एम्बेसीका प्रतिनिधिविच अन्तरक्रिया

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०७९ · 0
उद्योग व्यवसायमा भएका नीतिगत समस्याका विषयमा बुटवल उद्योग वाणिज्य संघ र व्रिटिस एम्बेसीका प्रतिनिधिविच अन्तरक्रिया
150
SHARES
ShareTweet

बुटवल, २४ जेठ । ब्रिटिस एम्बेसीको टिमले बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा उद्योगी व्यवसायीहरुसंग सम्बन्धित क्षेत्रका समस्या र समाधानका विषयमा अन्तरक्रिया गरेको छ ।
मंगलबार बुटवल आएको ब्रिटिस एम्बेसीको टिमले सरकारी नीतिले औद्योगिक तथा व्यवसायिक क्षेत्रमा पारेको प्रभाव तथा प्रादेशिक स्तरमा साना तथा मझौला उद्योग र उद्यमशिलता प्रवद्र्धनमा देखिएका समस्या, चुनौती र समाधानका उपायका बारेमा अन्तरक्रिया गरेको हो ।
ब्रिटिस एम्बेसीको टिमले विशेष गरेर व्यवसायिक कृषि, पर्यटन, उत्पादनमुलक उद्योग, निर्माण तथा आईटी क्षेत्रका उद्योगी व्यवसायीसंग विकासक्रमको वर्तमान अवस्था, सरकारी नीति र सम्बन्धित क्षेत्रमा त्यसले पारेको प्रभाव, प्रादेशिक स्तरमा साना तथा मझौला उद्योग र उद्यमशिलता प्रवद्र्धनमा देखिएका सम्भावना, चुनौती र समाधानका उपायहरुका बारेमा अन्तरक्रिया गरेको हो ।
त्यस अवसरमा ब्रिटिस एम्बेसीका निर्देशक अर्थशास्त्री प्रोफेसर अडनान खानले उद्योगी व्यवसायीलाई नीतिगत रुपमा के कस्ता समस्याहरु छन् र ती समस्या समाधान कसरी गर्न सकिन्छ भन्नको लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाँले प्राप्त सुझाव तथा सल्लाहहरु सम्बन्धित ठाउँमा समाधानको लागि पहल गर्ने पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा संघले खेलेको भूमिकाको चर्चा गर्दै उद्योग व्यवसाय सञ्चालन गर्दा सरकारको नीतिका कारण उद्योगी व्यवसायी मर्कामा परेको र कतिपय नीतिहरु सुधार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै संघका कार्यक्रम अधिकृत केशव ढकालले संघका कार्यक्रम तथा योजनाको बारेमा जानकारी गराउँदै यस क्षेत्रको आर्थिक तथा व्यवसायिक अवस्था र विद्यमान नीतिहरुको बारेमा जानकारी गराउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा यु.के. ए.आई.डि. सीप परियोजनाका टिम लिडर बलाजित बोहोराले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

१ लाख १० हजार राशीको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८ पहाडीलाई प्रदान गरिने

Next Post ≫

पत्रकार महासंघ रुपन्देहीद्वारा पालिका प्रमुखसँग अन्तरसंवाद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क