Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ सरकारका सबै पखेटामा खिया लागि सके ः नेता भण्डारी
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारका सबै पखेटामा खिया लागि सके ः नेता भण्डारी

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0
सरकारका सबै पखेटामा खिया लागि सके ः नेता भण्डारी
90
SHARES
ShareTweet

बुटवल १३ साउन
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकार परिवर्तनको खेल कसैका लागि राम्रो नहुने बताउनु भएको छ ।
उहांले ओली जी धेरै बोल्नुहुन्छ काम गर्नुहुन्न,संबैधानिक हिसाबले पनि सरकारलाइ ५ बर्ष भनिएको छ,अर्काेतिर सरकारले सिन्को नभाच्दा कांग्रेसलाइ पनि त फाइदै भएको छ,जनताका बिचमा जाने,अर्काे चुनाबमा जित्ने अवसर प्राप्त भएको छ त्यसको सदुपयोग गर्नु र्निे अशिलेको आवश्यकता छ । ’
कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका नेता भण्डारीले केपी ओली नेतृत्वको सरकारका सवै पखेटाहरुमा खिया लागि सकेको टिप्पणी समेत गर्नु भयो ।
रिपोटर्स क्लव प्रदेश ५ ले सोमवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहांले प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र नहुने भन्दै काम गर्ने वातावरण नरहेको समेत बताउनु भयो ।
‘मन्त्रीहरु, आसेपासेहरु खराब छन् यहा त गर्छु भन्दा पनि काम गर्ने अबस्था नै छैन ।’
ओलीले निर्वाचनका बेला देखाएको राष्ट्रबाद छर्लङ्ग भएको भन्दै नेता भण्डारीले भन्नु भयो ओली जी ले राष्ट्रियताका विषयमा जुन चेक दिनु भएको थियो, त्यो पांच बर्षमा बाउन्स हुन्छ, अनि जनताले कारवाही गर्ने छन् ।’
राष्ट्रियताका विषयमा जनतालाई देखाएको सपना अधुरो र अपुरो बन्दै गएको भन्दै जनताले उचित समयमा कारवाही गर्ने उहांले बताउनु भयो ।
भण्डारीले नेपालका नेताहरु भ्रष्टाचारमा लिप्त भएको समेत बताए ।
नेताहरुले भ्रष्टाचार नगरेको भए नेपाल धेरै राम्रो बनिसकेको हुनेथियो भन्दै भ्रष्टाचारकै कारण मुलुकको बिकासले गति लिन नसकेको उहांको कथन थियो ।
‘भ्रष्टाचारका कारण दुई जना पुर्व कर्मचारीले त आत्महत्या गरे अव राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्छ’ ।
कांग्रेसका धेरै नेताहरु भ्रष्टाचारमा जेल सजाय भोगेपनि नेकपाले खुलमखुल्ला भईरहेका भ्रष्टाचारलाई लुकाई रहेको र स्विकार नगरेको भन्दै भण्डारीले वाइडबढी,बालुवाटार,बुढीगण्डकी,एनसेल लगायतका काण्डका दोषिलाइ कारबाही गर्नैपर्ने बताउनु भयो ।
‘कांग्रेसका चिरञ्जिवी बाग्ले, गोबिन्दराज जोशी, जेपी गुप्ता लगायतले जेल सजाय भोगी सके तर नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली अहिले वाइडवडी स्विकार गर्न तयार हुनुहुन्न बहाना बनाई रहनु भएको छ,दोषीहरु चुपचाप घुमीरहेको छन् ।’
नेता भण्डारीले कांग्रेस सभापति शेर बहादुर देउवालाई पोखरामा हुने उपनिर्वाचन जिते सभापतिको कार्यकाल लम्वाउन र नजिते छाड्न सुझाव दिनु भयो ।
उहांले दुध नदिने गाइ÷भैसी कहिलेसम्म पालिरहने पोखराको उपनिर्वाचन जिताउनु भयो भने कति लम्बाउने हो लम्वाउनु होला होइन भने सधै कति पाल्ने ?
गुल्मीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन र सहयोग गरी फर्किएका उहांले गुल्मीको अबस्था दर्दनाक भएको बताउनु भयो । केही राष्ट्रिय मिडियाले राजनीति गर्दा गुल्मीको अवस्था थप विकराल बनेको उहांको भनाइ छ ।
‘त्यहा कति पिडा छ, महामारीको अवस्था छ, केही व्यक्तिले हेलिकप्टरबाट दुइ जना बालिकालाई उपचारका लागि लगेको र मिडियाले त्यसैलाइ मात्रै हाइलाइट गर्दा यहांको बास्तविक अवस्था छायांमा पर्यो,’ उहांले भन्नु भयो ।
उहांले बुटवल क्षेत्र समेत पहाडमा आउने पहिरोका कारण ढुवानको उच्च जोखिममा रहेको बताउनु भयो ।
‘पाल्पाको झुम्सा पारीका पहाडहरुमा भैरहेको उत्खनन्ले त्यहा पहिरो झर्ने सम्भावना उच्च छ, त्यस तर्फ यस क्षेत्रका राजनीतिज्ञ सचेत हुनुपर्छ , कालिदासले जस्तै टुप्पोमा बसेर फेद काट्ने मुर्खताबाट बाहिर निष्कन आवश्यक छ’ उहांको कथन थियोे ।
रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको हो ।

≪ Previous Post

नवलपरासीमा जुवाको खालबाट १० जना पक्राउ

Next Post ≫

पार्कलाई ग्रीन वेल्टको रुपमा विकास गर्न रोटरी क्लबद्धारा वृक्षारोपण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क