संसार पोष्ट
नवलपरासी, १३ साउन । नवलपरासीको गैडाकोट नगरपालिकाबाट प्रहरीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ ।
गैडाकोटका चुडामणि जैसीको घरबाट नगद ८० हजार पाँच सय ३५ रुपैया सहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाईएको गैडाकोट प्रहरीले जनाएको छ ।
