Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गृहमन्त्री खाँण र मेयरका उम्मेदवार पाण्डे मुक्तिनाथ धाममा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गृहमन्त्री खाँण र मेयरका उम्मेदवार पाण्डे मुक्तिनाथ धाममा

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७९ · 0
गृहमन्त्री खाँण र मेयरका उम्मेदवार पाण्डे मुक्तिनाथ धाममा
80
SHARES
ShareTweet

स्वामिनारायण मुक्तिनाथ धाममा पुजा अर्चना, शिवज्योतिर्लिंङ्गमा जलार्पण
बुटवल, २७ वैशाख । गृहमन्त्री वालकृष्ण खाँणले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँ स्थित श्री स्वामिनारायण मुक्तिनाथ धाममा पुजा अर्चना गर्नुभएको छ ।
मन्त्री खाँणले आज बिहानै धाममा पुगेर शिवज्योतिर्लिंङ्गमा जलार्पण सहित पुजा आराधना गर्नुभएको हो । त्यस अवसरमा गृहमन्त्री खाँणलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्मा, कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार डिल्ली प्रसाद शर्मा आचार्यसहितका उम्मेदवार, धामका पदाधिकारी तथा सदस्यहरुले स्वागत गरेका थिए ।


सो अवसरमा बोल्दै मन्त्री खाँणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृति भन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेषखाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक–अर्काको सम्मान गर्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले पनि मन्दिरमा पुजा अर्चना गर्नुभएको थियो । मन्दिरमा गृहमन्त्री खाँणसंगै मेयर उम्मेदवार पाण्डेयले पनि पुजा आराधना गर्नुभएको हो । उहाँले नगरमा कांग्रेस नेतृत्वको गठबन्धन जित नजिक रहेको दाबि गर्नुभयो ।
धाममा पुगेका नेताहरुलाई फूलमालासहित स्थानीयले न्यानो स्वागत गरेको महाधिबेशन प्रतिनिधि गोपाल पाण्डेले बताउनुभयो ।

≪ Previous Post

उपलब्धी विहीन तिलोत्तमा लगानी सम्मेलन : ४४ वटाले एमओयु गरेपनि ४ वटा मात्र बन्ने प्रकृयामा, डेढ करोड बढी खर्च बालुवामा पानी

Next Post ≫

बुटवलमा प्रदेशको राजधानी, बालुवाटार जग्गा र सुकुम्बासी काण्डको चर्चा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क