Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उपलब्धी विहीन तिलोत्तमा लगानी सम्मेलन : ४४ वटाले एमओयु गरेपनि ४ वटा मात्र बन्ने प्रकृयामा, डेढ करोड बढी खर्च बालुवामा पानी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उपलब्धी विहीन तिलोत्तमा लगानी सम्मेलन : ४४ वटाले एमओयु गरेपनि ४ वटा मात्र बन्ने प्रकृयामा, डेढ करोड बढी खर्च बालुवामा पानी

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७९ · 0
उपलब्धी विहीन तिलोत्तमा लगानी सम्मेलन : ४४ वटाले एमओयु गरेपनि ४ वटा मात्र बन्ने प्रकृयामा, डेढ करोड बढी खर्च बालुवामा पानी
210
SHARES
ShareTweet

बुटवल, २७ बैशाख । प्रचारबाजीसहित तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलन उपलब्धी विहीन भएको छ । लगानी सम्मेलनमा नगरपालिकाले २२ क्षेत्रमा गरेको प्रस्ताव मध्ये ४४ वटा परियोजनामा झण्डै १६ अर्बको लगानी प्रतिबद्धता आएको थियो । नगरपालिकाले हचुवाको भरमा परियोजनालाई जग्गा व्यवस्थापन गर्छौं भनेर आश्वासन दिएपनि संघीय कानुन अनुसार स्थानीयतहले जग्गा बांड्न नमिल्ने भनेर रोकेपछि लगानी सम्मेलन निरर्थक जस्तै हुन पुगेको हो । अहिले ४ वटा परियोजनामात्र कार्यान्वयनमा आउने प्रकृयामा छन् । ती परियोजना मध्ये नोबेल प्लास्ट पुरानै उद्योग हो । सहकारी संस्थाहरु मिलेर दुग्ध प्रशोधनउद्योग स्थापना, तिलोत्तमा रेल र स्मार्ट एएसी ब्लक गरी चार वटा परियोजना कार्यान्वयनमा आउने प्रकृयामा रहेका नगरपालिकाका सूचना अधिकारी माधव पोखरेलले जानकारी दिए । यी चार वटा परियोजना यस क्षेत्रकै लगानीकर्ताका परियोजना हुन् । आर्थिक क्षेत्रका जानकारहरु तामझाम, प्रचार र ठूलो धनराशी खर्च गरेर लगानी सम्मेलन गरियो त्यस अनुसार उपलब्धी नगण्य भएको बताउंछन् । ‘चार वटा परियोजना यहिवरिपरिकै लगानीकर्ताका हुन्, अरु बाहिरबाट कुनै परियोजना आएनन्’– नगरपालिकाकै एक जनप्रतिनिधिले भने–‘वास्तवमा यी चार वटा परियोजना त लगानी सम्मेलन नगरेको भएपनि आउने खालका हुन् ।’
उनले लगानी सम्मेलनका नाममा डेढ करोड सरकारी वजेट बालुवामा पानी सरह भएको बताए । पावर प्लस पेट्रोकेमिकल्स उद्योग स्थापनाका लागि एमओयु गरेका उद्योगी अजयमान श्रेष्ठले नगरपालिकाले जग्गा ब्यवस्थापन गर्न नसक्दा उद्योग स्थापना गर्न नसकिएको बताए । केन्द्रसंग तालमेल विनै नगरपालिकाले जग्गा दिन्छौं भनेपनि दिन नसकेको श्रेष्ठले बताए । ‘नगरपालिकाले दिन नसकेपछि ९ महिना देखि जग्गा खोजिरहेका छौं, कतै पाएका छैनौं’–श्रेष्ठले भने ।
नगरपालिकाले भने नेपाल बैंक लिमिटेडबाट प्रदान हुने सहुलियत कर्जालाई पनि लगानी सम्मेलनको उपलब्धी भन्दै आएको छ । जबकि यस्तो कर्जा अन्यत्र पालिकामा पनि दिइदै आएको छ । लगानी सम्मेलनमा आएका लगानीका प्रस्ताव बाहेक निजी क्षेत्रबाट करिब दुई दर्जन उद्योग तथा व्यावसायिक क्षेत्रका लगानीको समेत प्रतिबद्धता जाहेर भएको थियो । नगरपालिकाले प्रस्ताव गरेका आयोजनामा लगानी कर्ताले जग्गाको माग गरेमा लिजमा जग्गा उपलब्ध गराउने, प्रतिष्ठान स्थापना गर्न आवश्यक कानूनी प्रक्रियालाई सहजिकरण गर्ने र विभिन्न राजश्वमा छुटको व्यवस्थागर्ने भनेको थियो । लगानी सम्मेलनमा तिलोत्तमा सामु प्रशोधन केन्द्र, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई व्यापारमा जोड्ने गरी बिजनेस हब, स्मार्ट हाटबजार, स्मार्ट पार्किङ स्थल, बालउद्यान, रोहिणी एकीकृत बहुउद्देश्यीय पर्यटकीय स्थल, तिलोत्तमा मिनी नेपाल, महिला तथा बाल अस्पताल जस्ता आयोजना अघि सारिएको थियो । यी कुनैमा पनि लगानी नभित्रिएको नगरपालिकाका जनप्रतिनिधि नै बताउंछन् । ‘लगानी सम्मेलन केवल नेकपाका नेता कार्यकर्तालाई प्लेनमा ओसार्ने, भोजभतेर गर्ने र प्रचार गरेर भजाउने माध्यम मात्रै भयो, उपलब्धी केही भएन’–तीजनप्रतिनिधिले भने–‘लगानी सम्मेलन मात्र हैन तिलोत्तमामा अरु धेरै कार्यक्रमपनि केवल प्रचारमुखी मात्रै भए,उपलब्धि भन्दा बेथिति धेरै भए ।’
तस्विरमा एमओयु भएपनि कार्यान्वयनमा नआएका परियोजनाको सूचि समावेश छ । सूचिमध्ये चार वटा मात्र कार्यान्वयनमा आउने प्रकृयामा रहेको नगरपाकिलाका सूचना अधिकारी माधव पोखरेलले जानकारी दिएका छन् ।

≪ Previous Post

खानेपानी ल्याउने वाचा गर्दै चुनाब जित्दै, जनताका धारामा आउँदैन पानी

Next Post ≫

गृहमन्त्री खाँण र मेयरका उम्मेदवार पाण्डे मुक्तिनाथ धाममा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क