Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ खानेपानी ल्याउने वाचा गर्दै चुनाब जित्दै, जनताका धारामा आउँदैन पानी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

खानेपानी ल्याउने वाचा गर्दै चुनाब जित्दै, जनताका धारामा आउँदैन पानी

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७९ · 0
खानेपानी ल्याउने वाचा गर्दै चुनाब जित्दै, जनताका धारामा आउँदैन पानी
100
SHARES
ShareTweet

बुटवल, २७ बैशाख । २०५२ साल यताका सबैजसो निर्वाचनमा ठुला साना दलका नेताहरुले मुख्य चुनावी नारा बनाउँदै आएपनि बुटवलको खानेपानी समस्या बर्षेनी बढ्दो छ । बुटवलबासीले बर्षौदेखि हिँउदमा धारामा पानी नआउने बर्षा लागेपछि धमिलो पानी खानु पर्ने समस्या झैल्दै आएका छन् ।
गर्मी लागेसंगै बुटवलको दिपनगर, सुख्खानगर, बटौली, बेलबास लगायतका क्षेत्रमा धारामा पानी निकै कम आउँछ । बर्षा लागेपछि त्यही धारामा धमिलो पानी आउँछ ।
पश्चिम नेपालकै व्यापारिक केन्द्र बन्दै गएको बुटवल शहरमा निर्वाचनका बेला आकाशका जुनतारा झारिदिन्छु जस्तै गर्ने जनप्रतिनिधिहरु जितेर गएपछि आफ्नै सेवा सुविधामा लिप्त हुँदा आम नागरिकले सुद्ध पानी खान पाएका छैनन् । पानीको आशै आशमा जीवन बित्न थालेको गुनासो छ बुटवल सुख्खानगरकी पुनम रजालीको । गर्मी याममा ट्याङ्करको पानी किनेर गुजारा चलाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ । बुटवलबासीले यस्तो समस्या भोग्न थालेको दुइ दशक भयो ।
यो अवधीमा बुटवल क्षेत्रबाट खानेपानीकै नारा उछालेर एमाले नेता बिष्णु पौडेल तीन पटक चुनाव जिते सांसद, मन्त्री बने । २०६४ कै चुनावमा पौडेलले झुम्सा खानेपानी आयोजना मार्फत बुटवलबासीलाइ प्रयाप्त खानेपानी उपलब्ध गराउने प्रतिवद्धता गरेका थिए । सांसद÷मन्त्री बनेपछि उनी पटक पटक अनुगमन निरीक्षणका नाममा त कहिले शिलन्यासका नाममा हुलका हुल कार्यकर्ता बोकेर आयोजना स्थलमा घुमफिर पनि गरे । तर आयोजना कार्यान्वयनकालागि ठोस पहल गरेको भने अहिले सम्म देखिएको छैन ।
२०७४ को निर्वाचनमा यही नारा लिएर चुनावी मैदानमा उत्रिएका एमालेका शिव सुवेदीले बुटवलको मेयरमा जिते । जनतासंग भोट माग्न जाँदा उनले दुइ बर्ष भित्रै झुम्साको पानी बुटवल ल्याउने बाचा गरेका थिए । तर पाँच बर्ष बित्दा न बुटवलबासीको मतले पटक पटक सांसद र मन्त्री बनेका पौडेलले समस्या समाधानमा चासो देखाए न मेयरमा जितेका सुवेदीले । २६ बर्षदेखि अलपत्र झुम्सा खानेपानी आयोजना अहिले पनि सुसुप्त अवस्थामै छ । निर्माण धिमा गतीमा ।
खानेपानी संस्थान बुटवलका अनुसार यहाँ दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग छ । बितरण पुगनपुग २ करोड ४० लाख लिटर मात्रै छ । हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ । अहिले १६ हजार धारामा सो पानी आउँछ । हरेक बर्ष करिब एक हजारको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ । त्यस बाहेक १९ वटा बोरिङ्ग मार्फत पनि पानी वितरण गरिएको छ । तर तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमिन मुनीको पानीको सतह घट्दै जाँदा बोरिङ्गबाट पानी कम आउंछ । जसका कारण बुटवलमा पानीको अभाव बर्षेनी चुलिदो छ ।
बुटवलको त्यही खानेपानी समस्या समाधान गर्ने उद्देस्यले २६ बर्ष अघि सिस्ने खानेपानी आयोजना सुरु भएको थियो । पाल्पाको झुम्सा स्थित सिस्ने खोलाबाट दैनिक ७ लाख लिटर पानी बुटवल ल्याउने योजना सहित २०५२÷०५३ मा आयोजना सुरु भएको थियो ।
आयोजना सुरु भएको एक दशक पछि सिस्नेको पानीले बुटवलको माग धान्न नसक्ने ठहर गर्दै मुल फेरियो । सिस्नेको सट्टा हालको तिनाउ गाँउपालिका ३ र ४ मा पर्ने झुम्सा खोलाको फिरफिरे घाटबाट दैनिक ३ करोड २० लाख लिटर पानी बुटवल ल्याउने योजना सहित २०६४÷२०६५ मा झुम्सा खानेपानी आयोजनामा परिमार्जित गरियो ।
यो आयोजनामा करोडौ रकम खर्च भइसकेको छ । तर हाल सम्म कुल आयोजनाको काम जम्मा ४.१६ प्रतिशत मात्रै भएको छ । यो आयोजनामा एक दशक अघिनै मुहानमा बनाइएको बाँध ६ बर्ष अघि बाढीले बगाइदियो । बाँध निर्माणको डिजाइन र प्राविधिक पक्ष कमजोर हुँदा ६ बर्ष अघिको बर्षे बाढीले घोरबन्दिघाट नजिकै बनाइएको बाँध नै भत्किएको थियो । खानेपानी संस्थानकै कर्मचारीका अनुसार इन्जिनियरिङ सर्भे बिनै बाढी र पहिरोको जोखिम स्थलमै निर्माण गरिएको बाँध बर्षाले भत्काइदिएको हो ।
लामो समय काम नहुँदा बिछ्याइएका पाइप फुटेर कामै नलााग्ने भएपछि ती फालिएका छन् । १५ करोड बढीका संरचना त त्यसै खेर गएको आयोजनामा काम गरेका अधिकारीहरु बताउँछन । बाँध निर्माणमा लापरबाही सगै पाइप खरिदमा समेत २५ करोडको भ्रष्टाचार भएको भन्दै २०७५ को बैशाखमा अख्तियारमा उजुरी परेको थियो । मुद्दा परेसगै २५ करोडका २० इन्च र १० इन्चका पाइप झण्डै ६ बर्ष देखि शिवनगर जंगलमा अलपत्र छन् ।

अहिले के हुँदैछ
पछिल्लो पटक २०७७ जेठमा ड्याम निर्माणकालागि ठेक्का सम्झौता भएको थियो । आयोजनाका उपप्रमुख मन्दिप श्रेष्ठले ११ करोड लागतमा ड्याम निर्माणको काम सकिएको बताए । ड्याम देखि बुटवलको रामफेदी सम्म पाइपलाइनकालागि २०७७ जेठ १ गते अर्को ठेक्का लागेको थियो । १४ करोडमा लागेको ठेक्काको करिब ६० प्रतिशत मात्रै काम भएको छ ।
जसअन्तर्गत ६ किलोमटिर पाइप बिछ्याइको छ । बाँकी ५ किलोमिटर पाइपलाइनको काम रोकिएको छ । झुम्सा–दोभान खण्डमा मुख्य सडक पर्ने भएकाले सडकले पाइप बिछ्याउन अनुमति नदिदा काम रोकिएको आयोजना प्रमुख मोहनदत्त भट्टले बताए । प्रमुख भट्टका अनुसार बिछ्याइएका पाइप २० र १० इन्चका छन् । पाइप क्रस गर्नुपर्ने स्थानमा बनाउनु पर्ने तीन वटा ट्रप्स ब्रिज मध्ये अहिले सम्म एउटाको मात्रै काम सुरु भएको छ । यसपालि पनि तोकिएको समयमा आयोजना सम्पन्न नहुने पक्का भएपछि अहिले ठेक्काको म्याद थपको तयारी भइरहेको छ ।
झुम्साको पानी बुटवलको रामफेदीमा ल्याएर ओभरहेड ट्याङ्कीमा खन्याइने छ । तिनाउ वारीको बुटवलमा ३ वटा तिनाउ पारीको बुटवलमा ३ वटा गरी ६ वटा ओभरहेड ट्याङ्की बनाइने छ । बुटवलमा जग्गा पाउन नसकेकाले शुद्धिकरण प्लान्ट झुम्साक्षेत्रमै निर्माण गरिने आयोजनाले जनाएको छ ।
ओभरहेड ट्याङ्की, शुद्धिकरण प्लान्ट,पानी वितरण प्लान्ट, रिर्जबवायर, पानी वितरण पाइपलाइन जस्ता कामका लागि जग्गा सुनिश्चित गरेपछि बल्ल ठेक्का लगाइने छ । यी सबै काम निर्वाध रुपमा अगाडी बढ्यो भने पनि आयोजना सम्पन्न हुन कम्तीमा ५÷६ बर्ष लाग्ने आयोजनामा काम गरेका अधिकारीहरु बताउँछन् । आयोजना सम्पन्न गर्न कुल ६ अर्ब ३५ करोड बजेट लाग्ने भनिएपनि हाल सम्म जम्मा २५÷२६ करोडको काम भएको आयोजनाका उपप्रमुख श्रेष्ठले बताए ।
यही अपुरो आयोजनालाइ नारा बनाएर बुटवलबाट पटक पटक निर्वाचन जितेका नेताहरु बर्षौदेखि आयोजना अलपत्र पारिदा र करोडौको चलखेल हुँदा पनि मुकदर्शक बन्ने गरेका छन् ।
बुटवलका पुर्व मेयर पुनाराम पोख्रेलले पच्चिसौं बर्षदेखि नगरबासीले कुरेको आयोजनालाइ मेलम्ची जस्तै बनाउने चलखेल यस क्षेत्रबाटै जितेर पटक पटक मन्त्री र सांंसद भएकाहरुबाटै हुने गरेको बताए ।
बैशाख ३० को स्थानीय निर्वाचनको प्रचारकालागि बुटवलमा खटिएका प्रतिनिधिसभा सांसद बिष्णु पौडेलले फेरी यसपालि पनि झुम्सा खानेपानी आयोजनालाइ नै अगाडी सारेर खानेपानी समस्या समाधान गर्ने बाचा गर्दै नगरबासीलाइ झुक्याइरहेको पोख्रेलको दावी छ । बुटवलको मेयरमा एमालेका बाबुराम भट्टराइ र उपमेयरमा सावित्रा अर्याललाइ जिताए खानेपानी समस्या तत्काल समाधान गरिदिने प्रतिबद्धता भट्टराइ र पौडेलले गर्दै हिँडेका छन् ।
बुटवल उपमहानगरमा गठबन्धनका तर्फबाट मेयरमा काँग्रेसका खेलराज पाण्डे र उपमेयरमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार छन् । उनीहरुले पनि बुटवलको खानेपानी समस्या समाधानकालागि पहल गर्ने प्रतिवद्धता सहित नगरबासीसंग मत मागिरहेका छन् ।

≪ Previous Post

भ्युटावर बाट देखिने छत्तिस मौजाको दारुण व्यथा

Next Post ≫

उपलब्धी विहीन तिलोत्तमा लगानी सम्मेलन : ४४ वटाले एमओयु गरेपनि ४ वटा मात्र बन्ने प्रकृयामा, डेढ करोड बढी खर्च बालुवामा पानी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क