Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भ्युटावर बाट देखिने छत्तिस मौजाको दारुण व्यथा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भ्युटावर बाट देखिने छत्तिस मौजाको दारुण व्यथा

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0
भ्युटावर बाट देखिने छत्तिस मौजाको दारुण व्यथा
70
SHARES
ShareTweet

तिलोत्तमा, २६ वैशाख । मिडियाको प्रयोग र प्रचार प्रसारका कारण देशभरी नै नाम कमाएको बताइने तिलोत्तमा नगरपालिकामा यस वर्ष करौडोको लागतमा दुईवटा सेता घर ठडिए– भ्यु टावर र नगरपालिकाको भवन । यी संरचना बनाउन आवश्यक थियो कि थिएन त्यो आफ्नो ठाउंमा छ तर ती भवनका तलपट्टी वर्षौं देखि आफ्नो अस्तित्वका लागि निरन्तर संघर्ष गर्दै आएको छत्तिस मौजा सामुदायिक सिंचाइ प्रणालीको लागि नगरपालिकाले के के गर्यो भन्ने प्रश्न महत्त्वपूर्ण छ ।
नगरपालिकाको लगानीमा निर्माणाधिन भ्यु टावरमा चढेर किसानको पिडामा रमाउने सम्भ्रान्तहरूका लागि त्यो मनोरञ्जनको माध्यम होला तर ती वर्गलाई मनोरञ्जन दिन बनाइएको भ्यु टावरमा लागेको खर्च छत्तिस मौजा सामुदायिक सिंचाइ प्रणालीको व्यवस्थापनमा गरिएको भए अहिले तिलोत्तमाका हजारौं किसानको जीवनस्तर फरक खालको हुने थियो । किसान बाह्रै महिना खेतबारी सुमसुम्याउने थिए, उब्जनी वढ्थो, नगरपालिका कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुने थिए । यस्तो मौका तिलोत्तमाले खेर फालेकै हो ।
विश्वकै सम्पदा
सामान्य बुझाइमा तिनाउ खोलाको पानी तिलोत्तमा नगरपालिकाका खेतबारीमा लगेर सिंचाई गर्ने प्रणाली नै छत्तिस मौजा सामुदायिक सिंचाइ प्रणाली हो । तर यसरी मात्र चिनाउदा यो प्रणालीको इतिहास र सामूहिक कर्मप्रति अवमूल्यन गरेको हुन्छ । यो सिंचाइ प्रणालीको सुरुवात उन्नाईसौ शताव्दीको सुरुवाततिर भएको अनुमान गरिन्छ । अहिले तिलोत्तमा नगरपालिका वडा न ११ मा पर्ने कुमारी गांउका छेदा थारुको अगुवाइमा बुटवलवाट पानी लैजानका लागि करिब १० किलोमिटर लामो नहर बनाइएको वताईन्छ । करिब २ सय वर्ष अगाडी देखि समुदायले आफ्नै बल र विवेकमा सञ्चालन गरेको यस्तो सामुदायिक सिंचाइ प्रणाली संभवत विश्वकै नमुना सिचाई प्रणाली हो । यो प्रणालीलाई नेपालको बहुमूल्य सम्पत्तिको रूपमा पनि लिन सकिन्छ ।
कुला हराए, खेत हराए
सुरुमा ३६ मौजा गाउंमा यो कुलोेवाट सिंचाइ गरिने हुंदा यो प्रणालीको नाम नै ३६ मौजा सिचाई प्रणाली राखिएको हो । अहिले यो प्रणाली वाट तिलोत्तमाका ६० गाउंमा सिंचाइ हुन्छ । ३६ मौजा सामुदायिक सिंचाइ प्रणालीको मुख्य नहर अहिले १३ किलोमिटर लामो छ भने ४४ वटा सहायक नहरहरू छन् । तिलोत्तमाको ३५ सय हेक्टर खेतमा यस प्रणाली वाट सिंचाइ हुंदै आएको अनुमान गरिए पनि त्यो बिस्तारै कम हुंदै गएको छ ।
बढ्दो शहरीकरणसंगै बुटवलमा यो सिंचाइ प्रणाली करिब करिब बन्द नै भएको छ भने तिलोत्तमा पनि कतिपय ठाउंमा कुलो अतिक्रमण गरी घर निर्माण भएका छन् । ग्रामीण क्षेत्रहरूमा यो प्रणालीको संरचना त देखिन्छ तर चौतर्फी अतिक्रमणका कारण ती संरचनाहरू पनि सांघुरिदै आफ्नो अस्तित्व रक्षाका लागि सघर्षरत छन् ।
के गर्नु पथ्र्योे ? भयो के ?
यस बिचमा नगरपालिका किसानलाई बिउ विजन बांडेर, पशु पालनलाई अनुदान दिएर चर्चामा आउने प्रयास गरेको देखिन्छ तर किसानको लागि यस्तो वितरण भन्दा यो सिंचाइ प्रणालीलाई व्यवस्थापन गरेको भए किसानहरू कहियौं गुणा लाभान्वित हुने थिए । अहिले पनि कुलाका धेरै संरचना पुरिएका छन् । एकातिर हरेक वर्षा याममा नहरका तल्लो किनारका किसानहरू बाढीका कारण अनेकौं समस्या भोग्न बाध्य छन्, भने अकोतर्फ कच्ची संरचनाका कारण स्याउला वाकेर दिनरात नहरमा पानी फर्काउन पुग्नु पर्ने बाध्यता छ । अहिलेको नगरपालिकाको नेतृत्वले यो प्रणालीको बेवास्ता गरे पनि तिलोत्तमाको संवृद्धि देखाउन भ्यु टावर हैन की यो प्रणालीको व्यवस्थापन जरुरी देखिन्छ । अहिले दुख गरेर प्राय धान र गहुं खेतीमा मात्र सिंचाइ भएको अवस्था छ । तर पुराना ती सबै कुलाहरूको खोजी गरी ती कुलाहरूमा बाह्रै महिना पानी बग्ने वातावरण बनाउन सके गाउं शहरको सौन्दर्य त झल्किन्छ नै यसका अलावा भ्यु टावरमा चढ्ने पर्यटकहरु पनि हरियाली हेर्न किसानहरूको खेत खेतमा पुग्ने वातावरण निर्माण गर्न ३६ मौजा सामुदायिक सिंचाइका कारण तिलोत्तमामा सम्भव छ भन्ने कुरालाई पुष्टि गर्दछ । यसको लागि जनप्रतिनिधिहरूमा इच्छा शक्तिको आवश्यकता छ । अहिले जस्तो प्रचार र अनावश्यक लगानीमा होइन ।

≪ Previous Post

घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने—‘पहिलेका जनप्रतिनिधिले जस्तो ब्यवहार नगर्नु’

Next Post ≫

खानेपानी ल्याउने वाचा गर्दै चुनाब जित्दै, जनताका धारामा आउँदैन पानी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क