Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा प्रदेशको राजधानी, बालुवाटार जग्गा र सुकुम्बासी काण्डको चर्चा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा प्रदेशको राजधानी, बालुवाटार जग्गा र सुकुम्बासी काण्डको चर्चा

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७९ · 0
बुटवलमा प्रदेशको राजधानी, बालुवाटार जग्गा र सुकुम्बासी काण्डको चर्चा
90
SHARES
ShareTweet

मतदाताले पत्याएनन् विष्णु पौडेलका कुरा
बुटवल, २७ बैशाख । पाँच वर्ष अघि २०७४ मा भएको स्थानिय तहको चुनावमा हालका एमाले उपाध्यक्ष विष्णु पौडेलले नै आफ्नो पार्टीका मेयरका उम्मेद्वारलाई धेरैजसो घरदैलो गराएका थिए ।
बुटवलमा एमालेका मेयरका उम्मेद्वार शिवराज सुवेदी थिए । तर पौडेल आफै मेयरको उम्मेद्वार भएजसरी घरदैलोमा हिंडेका थिए । चुनावबाट २४ सयको झिनो मतान्तरले सुवेदी मेयरमा विजयी पनि भए ।
यो पटकको स्थानीय चुनावमा पनि पौडेल त्यसरी नै घरदैलो गरेका छन् । मेयरका उम्मेद्वार बाबुराम भट्राईसँग बुटवलका विभिन्न ठाउँमा पुगेर भोट मागेका छन् । तर यो पटक ५ वर्ष अघिको जस्तो विष्णु पौडेल छैनन् । न त पौडेलसँग मतदातालाई दिने विश्वाशिलो आश्वासन छ । न उनीप्रति मतदाताहरुको आकर्षण नै छ ।
शिवराज सुवेदीलाई भोट माग्दा जनतालाई भनेको धेरै प्रतिबद्धता र आश्वासन उनले पुरा गर्न सकेका छैनन् । अर्को तर्फ राजनीतिमा पौडेल आफै विवादित बन्दा पनि उनको प्रतिष्ठा घटेको छ ।
बुटवलमा स्थायी राजधानी बनाउने कुरा
शिवराज सुवेदीसँग घरदैलो गर्दा बुटवललाई प्रदेशको राजधानी बनाएरै छाडिन्छ भन्ने उनको मुख्य प्रतिबद्धता अथवा आश्वासन हुन्थ्यो ।
ठाउँ ठाउँका भाषणमा उनले कांग्रेस माओबादीको प्रदेश कार्यालय नभएको र एमालेको प्रदेश कार्यालय मात्र बुटवलमा भएकाले राजधानी बुटवलमै बन्ने दाबी गर्दथे । स्थानीय पछि संसदीय चुनाव भयो ।
संसदीय चुनावपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले बुटवलमा अस्थायी राजधानी तोक्यो । तर एमालेकै कारण बुटवलको राजधानी दाङ गयो ।
चुनावको बेला र त्यसपछि पनि विष्णु पौडेलले राजधानी बुटवलबाट सर्दैन भनेर कुर्लन्थे । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो गृहजिल्लामा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ प्रस्ताव गर्दा उनले एक शब्द बोल्न सकेनन् ।
प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव प्रदेश सभाबाट पारित भयो । कांग्रेसका सांसदहरुले आ आफ्नो ठाउँको पक्षमा मत हाले । तर एमालेका सबै सांसदले दाङकै पक्षमा मतदान गरे ।
एमाले पक्षका सांसदले आफ्नो भुगोलको पक्षमा मतदान गरेको भए राजधानी दाङ जान रोकिन्थ्यो ।
राजधानी दाङ घोषणा भएको केही दिनपछि विष्णु पौडेल अर्थमन्त्री भए । उनलाई राजधानीसँग मन्त्री साटेको भन्ने आरोप पनि लाग्यो । त्यसैले उनी आफ्नो जिल्लामा आलोचित छन् ।
सुकुम्बासी मुद्दा पनि असफल
चुनावको बेला एमालेले सुकुम्बासीलाई आफ्नो प्रभावमा पार्ने हरदम कोशिस ग¥यो ।
अघिल्लो पटक चुनावमा पौडेलले एमालेले सुकुम्बासी समस्या समाधान गरेरै छाड्ने भन्दै कुर्लन्थे । सुकुम्बासी समस्या समाधान गर्न परको कुरा, पौडेल उल्टै सुकुम्बासीबाट लखेटिनुपरेको थियो ।
एमालेले बुटवल उपमहानगरको नेतृत्व सम्हाल्दा देखावटी रुपमा लगत संकलन र नापजाँच गरे । केन्द्र र प्रदेशमा एमाले सरकार हँुँदा समेत सुकुम्बासीलाई लालपूर्जा दिन सकेनन् ।
संघमा केपी ओली नेतृत्वको सरकार ढल्यो । कांग्रेसले अर्को भूमि व्यवस्था सम्बन्धी आयोग बनाएर काम अघि बढाएको छ ।
साढे ३ वर्षसम्म सुकुम्बासीलाई लालपूर्जा दिन नसकेको एमालेले कांग्रेसले सरकार ढलाएर दिन नसकेको भन्दै आरोप लगाउने गरेको छ । तर आम सुकुम्बासीले त्यसलाई पत्याएका छैनन् ।
अर्कोतर्फ मोतिपुर औद्योगिक क्षेत्रको नाममा जबर्जस्ती आफूहरुलाई विस्थापित गराउन खोजेको भन्दै त्यहाँका अव्यवस्थित बसोबासीहरु आन्दोलित थिए । इआइए समेत पुरा नभएको मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास गर्न गएका विष्णु पौडेल स्थानीयबाट लखेटिनुपरेको थियो ।
सुकुम्बासी क्षेत्रका बासिन्दा पछिल्लो समय पौडेलसंग आक्रोशित छन् । घरदैलोमा हिड्दा पौडेलसँग सुकुम्बासीलाई भन्ने कुरा पनि केही छैन ।
पौडेलले शिलान्यास गरेको तिनाउ दानव करिडोर बन्ने नबन्ने निश्चित छैन । करिडोर सडक बन्दा थुपै्र स्थानीय विस्थापित हुनुपर्ने अवस्था आउँछ ।
त्यसैले उनीहरुमा पनि पौडेलप्रति नकारात्मक धारणा बनेको छ । विगतमा पर्याप्त जग्गा भइ सुकुम्बासीको नाममा जग्गा लिएको बारे समाचार सञ्चारमाध्यममा पनि आएका थिए ।
बालुवाटार जग्गा काण्डले घटायो प्रतिष्ठा
विष्णु पौडेल नाम सुन्दा धेरैलाई बालुवाटार जग्गा काण्डको याद आउँछ । जग्गा काण्डमा मुछिएका अरुको याद सर्वसाधारणमा नभएपनि विष्णु पौडेलको नाम सबैलाई कण्ठ छ ।
भुमाफियाहरुसँग मिलोमतो गरि बालुवाटारको सरकारी जग्गा आफ्नो नाममा बनाएको भन्दै उनको सर्वत्र आलोचना भएको थियो । बालुवाटार जग्गा काण्डले उनको छवि नराम्ररी धमिल्याएको छ ।
जग्गा काण्डको चर्चा चलेको बेला कति समय त बुटवल नै आएनन् । आएपनि पत्रकारसँग फेस गर्न सकेनन् ।
विगतमा नम्बरी जग्गा भई सुकुम्बासीको नाममा जग्गा लिएको, बुटवलको बेचेर बालुवाटारमा जग्गा हात पारेको र ललितपुरमा आलिसान महल बनाएका छन् । त्यसले उनको सर्वत्र आलोचना भएको छ ।
बुटवलमा कांग्रेसका पालामा भएका विकासलाई देखाएर उनले आफूले गरेको भनेका छन् । अहिले उनीसँग मतदातालाई बाँड्ने आश्वासन नहुँदा स्वभाविक रुपमा सम्पन्न भएका काम आफूले गरेको भनेर जस लिन खोजेका छन् । तर नागरिकले पत्याएका छैनन् ।
बुटवलका बर्तमान मेयर शिवराज सुवेदीले केही काम नगर्दा जनता निराश छन् । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडकका कारण सुवेदीले गाली खाइरहेका छन् ।
मुख्य सडक मात्र होइन भित्री सडक समेत अस्तव्यस्त छ । अघिल्लो पटक विष्णु पौडेलले स्मार्ट र स्याटेलाईट सिटीका सपना देखाएका थिए । तर बुटवलका नागरिकले दिनहुँ धुलो खानुपरेको छ ।
साना समस्या पनि एमाले नेतृत्वको स्थानीय सरकारले गर्न सकेको छैन । बाबुराम भटराईले विष्णु पौडेललाई लिएर घर दैलोमा हिडे पनि कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डे नगरकै कार्यकर्ताहरुसँग प्रचारमा हिडेका छन् ।
कांग्रेसलाई मतदाताहरुले विश्वास गर्ने र एमालेको जस्तो ठूलो चुरीफूरी नचाहिने कांग्रेस नेताले बताउने गरेका छन् । विष्णु पौडेललाई बुटवलमा घरदैलोमा अघि सारिएपनि उपलब्धि नहुने कांग्रेस नेताहरुको बुझाइ छ ।

≪ Previous Post

गृहमन्त्री खाँण र मेयरका उम्मेदवार पाण्डे मुक्तिनाथ धाममा

Next Post ≫

एक करोड बढिको तिलोत्तमा बस टर्मिनल बन्ने कहिले ? खुलारुपमा नदी दोहन 

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क