Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा–४ का वडा अध्यक्षका उम्मेदवार भुसाल भन्छन् : वडालाई बिकासमा नमुना बनाउछौं
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा–४ का वडा अध्यक्षका उम्मेदवार भुसाल भन्छन् : वडालाई बिकासमा नमुना बनाउछौं

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0
तिलोत्तमा–४ का वडा अध्यक्षका उम्मेदवार भुसाल भन्छन् : वडालाई बिकासमा नमुना बनाउछौं
120
SHARES
ShareTweet

बुटवल, २६ वैशाख । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ४ मा नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदमा युवा गोविन्द प्रसाद भुसाल उम्मेदवार बनेका छन् । वडालाइ बिकासमा नमुना बनाउने प्रतिवद्धता सहित उनी यतिबेला जनताको घर दैलोमा पुगेका छन् ।
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि उनले वडाको समग्र विकास सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेर मतदाता भेटघाटमा ब्यस्त छन् ।
प्रतिवद्धता पत्रमा वडामा रहेको जनज्योति मावि को स्तरोन्नति गरी अंग्रेजी तथा नेपाली दुबै माध्यममा पढाइ हुने व्यवस्था गर्ने, प्राविधिक तथा सीपमूलक शिक्षाको पठनपाठनको सुरुवात गर्ने, निर्माणाधीन अवस्थामा सीमानगरमा रहेको शान्ति चिल्ड्रेन पार्कको स्तरोन्नति गरिने, निर्माणाधीन अवस्थामा रहेको किरियापुत्री भवनलाई छिटोभन्दा छिटो पूरा गरिने, वडाभित्रका सरकारी भवनहरूलाई अपाङ्गता मैत्री बनाइनेलगायतका विषयहरु समेटिएका छन् । सरकारी सार्वजनिक जग्गाको संरक्षण, जनताले रोजेका र छानेका विकासका योजनालाई प्राथमिक्ता, वडावाट प्रदान गरिने प्रशासनिक सेवा सहज, सरल र पारदर्शी वनाइने, वडामा सवैले अपनत्व गर्ने खालको वातावरण निर्माण गरिने, महिला, दलित, पिछडिएका वर्गलाई सिपमुलक तालिम तथा रोजगारीको अवसर प्रदान गरिने लगायतका प्रतिवद्धता मतदाता समक्ष गरिएको उम्मेदवार भुसालले बताए ।
प्रतिवद्धता पत्रमा वडा अन्तर्गत पर्ने १० नम्बर तपाहा चोकदेखि उत्तरतर्फ वडा नम्बर ३ को सीमानासम्मको सडकको दाँयावाँया नाला बनाई आवश्यक स्तरोन्नति गरिने लगायतका विषय समेटिएको वडा अध्यक्षका उम्मेदवार भुसालले बताए । वडामा महिला सदस्यमा धनमाया राना, दलित महिला सदस्यमा मिनाकुमारी रसाली, खुला सदस्यमा मित्रलाल न्यौपाने र मातृका ज्ञवाली उम्मेदवार रहेका छन् । उनीहरुले वडालाई भ्रष्टाचार मुक्त वडा र विकासमा नमुना वार्ड वनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
नेपाली कांग्रेसले वडाको विकासका लागि उद्योग ब्यवसाय र सामाजिक अभियानमा निरन्तर खटिरहने युवाहरुलाई उम्मेदवार वनाएको भन्दै वडावासी पनि खुशी भएकाछन् । मतदाताको घरदैलोमा पुग्दै गर्दा सबै मतदाताले यो पटक कांग्रेसका सबै उम्मेदवारलाई विजयी वनाउने प्रतिवद्धता सहित विजयको शुभकामना ब्यक्त गरेकाले आफुहरुको विजय सुनिश्चित भएको सदस्य पदका उम्मेदवार मित्रलाल न्यौपानेले बताए ।

 

≪ Previous Post

मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु पर्दैन : गृहमन्त्री खाँण

Next Post ≫

घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने—‘पहिलेका जनप्रतिनिधिले जस्तो ब्यवहार नगर्नु’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क