Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु पर्दैन : गृहमन्त्री खाँण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु पर्दैन : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0
मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु पर्दैन : गृहमन्त्री खाँण
120
SHARES
ShareTweet

बुटवल, २६ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताउनुभएको छ । मोतिपुर औद्योगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउंदै उहांले निर्माणका क्रममा त्यस क्षेत्रका स्थानीयहरुलाई विस्थापित नगरिने बताउनुभयो ।
बुटवल १७ मा रहेको मुक्तेश्वर मन्दिरमा आज वैदिक परम्पराअनुसार पूजाअर्चना गरेपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले स्थानीयलाई आश्वस्त पार्नुभएको हो ।

गृहमन्त्रीसहित कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा चौधरी,महासमिति सदस्य बिमल ढकाल, प्रदेस प्रतिनिधि भिमप्रसाद न्यौपाने, वडा नम्बर १७ का पार्टी सभापति बाबुराम घिमिरे, सचिव कमल गुरुङ, वडा नम्बर १७ का अध्यक्ष पदका उम्मेदवार ज्ञान बहादुर रेस्मी, वडा नम्बर १८ का अध्यक्ष पदका उम्मेदवार गोले प्रसाद चौधरी, १९ का अध्यक्ष पदका उम्मेदवार मिनप्रसाद श्रेष्ठ लगायतले वैदिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गर्नुभएको थियो ।
खाँणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिनुभयो । उहांले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेषखाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक–अर्काको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
धर्म, जातजाति, क्षेत्रीयता, लिंग र भाषाका आधारमा कसैले राजनीति वा समाजलाई विभाजन गर्न खोज्छ भने त्यसले केही व्यक्तिलाई फाइदा पुराए पनि आमनागरिकलाई बेफाइदा पुराउने उहांले बताउनु भयो ।
गृहमन्त्री बालकृष्ण खाँणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गर्दै सरकार स्थानीय तह निर्वाचन शान्ति पूर्णरूपमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
सीमित स्रोतसाधनको उपयोग गरेर निर्वाचनको सुरक्षा प्रबन्धबारे सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको तयारी प्रशंसायोग्य रहेको भन्दै गृहमन्त्री खाँणले आगामी दिनमा पनि यो भन्दा राम्रो व्यवस्थापन स्थानीय प्रशासन र सुरक्षा निकायले निर्वाचनका सन्दर्भमा गर्नेमा आफू आशावादी रहेको बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमा ट्यालेन्ट हन्ट : नृत्यमा सब्रिना, मोडलिङ्गमा आशिका र डिजनलाई उपाधि

Next Post ≫

तिलोत्तमा–४ का वडा अध्यक्षका उम्मेदवार भुसाल भन्छन् : वडालाई बिकासमा नमुना बनाउछौं

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क