तिलोत्तमा, २६ बैशाख । रुपन्देहीको तिलोत्तमामा ‘तिलोत्तमा ट्यालेन्ट हन्ट’को फाइनल राउण्ड सम्पन्न भएको छ । । के बि डान्स स्टुडियोको आयोजनामा भएको फाइनल राउण्डमा नृत्य प्रतियोगिता तर्फको उपाधि सब्रिना थापाले जितेकी छन् । नृत्य प्रतियोगितामा सौरबी भण्डारी द्धित्तीय र डिजन शाहीले तृतीय स्थान प्राप्त गरेका छन् ।
यस्तै मोडलिङ्ग तर्फको उपाधि आशिका काफ्ले र डिजन शाहीले जितेका छन् । प्रतियोगिताको मोडलिङ्ग तर्फ डेनियल मगरले भ्युअर्स च्वाईसको उपाधी जितेका छन् ।
प्रतियोगितामा २६ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । प्रतियोगीतामा डान्स तर्फ मिना बुढाथोकी, सुन्दर गुरुङ्ग र तृष्णा श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए भने पेजेन्ट निर्णायकमा महेश गिरी, आकृति परियार र बुलबुल सारु रहेका थिए ।
नेपाली चलचित्र जगतका नायक तथा मोडल जिवन भट्टराइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल आइडल सिजन ५ का बिजेता भुपेन्द्र थापा मगर, बाल कलाकार सचिन परियार र चर्चित गायक देवेन्द्र बब्लुले आफ्ना चर्चित गित हरु प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा फेसन कोरियोग्राफर युदिन खड्गी र आशा घर्ति मगरले कोरियाग्राफी गर्नुभएको थियो भने मेकअप मेकअप आर्टिष्ट पुष्पा सुवेदीले गरेकी थिइन् ।
के बि डान्स स्टुडियोका बिक्रम परियारको अध्यक्षता र सञ्चारकर्मी सुमन श्रेष्ठको संचालनमा कार्यक्रम भएको थियो ।
