Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ओलीले प्रथम शहिद लखन थापाको बारेमा भ्रम छर्ने काम गरेकोमा कांग्रेस नेता खेलराजद्वारा दु:ख ब्यक्त
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओलीले प्रथम शहिद लखन थापाको बारेमा भ्रम छर्ने काम गरेकोमा कांग्रेस नेता खेलराजद्वारा दु:ख ब्यक्त

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0
ओलीले प्रथम शहिद लखन थापाको बारेमा भ्रम छर्ने काम गरेकोमा कांग्रेस नेता खेलराजद्वारा दु:ख ब्यक्त
150
SHARES
ShareTweet

प्रथम शहिद लखन थापाको शालिकमा माल्यार्पण गरेर घरदैलो कार्यक्रम
बुटवल, २६ वैशाख । चुनावी प्रचार प्रसारका क्रममा जनताको घरघरमा पुग्नुभएका बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले सोमबार बिहान प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
बुटवलको चौराहा (लखन चोक) मा रहेको शहिद थापाको शालिकमा माल्यार्पण गर्दै सोमबारको घरदैलो कार्यक्रम सुरु गर्नुभएको हो । नेता कार्यकर्ताको साथमा बिहानै लखन चोकमा पुग्नु भएका पाण्डेयले प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यार्पण गर्दै थापा प्रति श्रद्धासुमन ब्यक्त गर्नुभयो ।
नेपालका प्रथम शहिदलाई सम्मान गर्दै पाण्डेयले सोमबारको घरदैलो कार्यक्रमको सुरुवात गर्नुभएको हो । शहिदको योगदानले गर्दा देशमा परिवर्तन आएको र त्यही परिवर्तनको जगमा उभिएर अहिलेको निर्वाचन भएको उहांको भनाई थियो । देशमा जहानिया राणा शासनका विरुद्ध आवाज उठाउँदा लखन थापा मगर शहिद भएको स्मरण गराउँदै उहांले अहिलेको परिवर्तन ल्याउनको लागि शहिदहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । नेपालको प्रथम शहिद लखन थापा नै भएको बताउँदै उम्मेदवार पाण्डेयले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीबाट प्रथम शहिदको बारेमा भ्रम छर्ने काम भएकोमा दुख ब्यक्त गर्नुभयो । ओलीको अभिब्यक्तिले गर्दा रूपन्देहीमा मगर संघले रूपन्देहीमा उनको पुत्ला समेत जलाएका थिए ।
संयुक्त गठवन्धनका उम्मेदवारहरुले सोमबार बिहान बुटवल वडा न ८ मा घरदैलो कार्यक्रम गरेका छन् । मेयर पदका उम्मेदवार पाण्डेय र उपमेयर पदका उम्मेदवार चिन बहादुर गुरुङले घर घरमा पुगेर भोट माग्ने मात्र नभएर जनताको गुनासो पनि सुन्दै आउनु भएको छ । बुटवल वडा नं ७ ,८ मा खानेपानीको अझैं समस्या रहेको स्थानीयले गुनासो राखेका छन् । स्थानीय सरकार आएको पाँच वर्षमा पनि बुटवलमा खानेपानीको समस्या सामाधान नभएको स्थानीयले बताएका छन् ।
अहिलेका मेयर शिवराज सुवेदी कै वडा नंं ७ मा एकदिन बिराएर बल्ल खानेपानी आउने गरेको स्थानीयको गुनासो छ । पानी पर्दा धारोमा धमिलो पानी आउने गरेको छ । निर्वाचित भएपछि खानेपानी समस्याको समाधानमा आफुहरुको पहिलो प्राथमिकता रहने मेयर पदका उम्मेदवार पाण्डेय र उपमेयर पदका उम्मेदवार गुरुङले प्रतिवद्धता जनाउनु भयो । बुटवलमा पाँच दलीय गठबन्धनले मेयर पदमा नेपाली काँग्रेसका खेलराज पाण्डेय र उप मेयरमा नेकपा एकृकीत समाजबादी पार्टीका चिन बहादुर गुरुङलाई चुनावी मैदानमा उतारेको छ ।

≪ Previous Post

बुटवलमा गठबन्धनका उम्मेदवारलाई भोट माग्दै उद्योगी व्यवसायी

Next Post ≫

तिलोत्तमा ट्यालेन्ट हन्ट : नृत्यमा सब्रिना, मोडलिङ्गमा आशिका र डिजनलाई उपाधि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क