Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मतदाता शिक्षा घरघरमा पु¥याउँदै कांग्रेस पाल्पा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मतदाता शिक्षा घरघरमा पु¥याउँदै कांग्रेस पाल्पा

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0
मतदाता शिक्षा घरघरमा पु¥याउँदै कांग्रेस पाल्पा
60
SHARES
ShareTweet

पाल्पा, २१ वैशाख । नेपाली कांग्रेस पाल्पाले मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडी बढाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गरिएको बगनाशकाली गाउँपालिका नेपाली कांग्रेसकी उम्मेदवार सुनिता अधिकारीले बताउनुभयो ।
बिगनाशकाली गाउँपालिका वडा नं. नं. ९ का कांग्रेसका उम्मेदवार थानेश्वर तिमिल्सिनाले जनतालाई स्पष्ट पार्न घरदैलोमै नमूना मतपत्र पु¥याएर अभ्यास गराएको बताउनुभयो । उहाँ भन्नुहुन्छ मतदाताहरु उम्मेदवार नै प्रत्यक्ष जनता जहाँ छन् त्यहाँ पुगेर उहाँका अप्ठ्यारा समेत बुझेर मतदाता शिक्षा प्रदान गरिएको बताउनुभयो । रम्भा गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका बिष्णु थापाले जनताहरुलाइ एकमुष्ठ रुपमा टोटोलमा पुगेर मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
यता रिब्दिकोटको ठिमुरेमा गठबन्धनले कोणसभा सम्पन्न गरेको छ । स्थानीय निर्वाचन नजिकै आउनै लाग्दा रिब्दिकोटमा गठबन्धनले चुनावी अभियानलाई तीव्रता दिएको हो । बुधबार रिब्दिकोट ६ ठिमुरेको पोरक्नी बर्घा घोर्लिखर्कमा चुनावी कोणसभा सम्पन्न गरेको छ । कार्यक्रम नेपाली काङ्ग्रेस पुर्ब केन्द्रिय सदस्य हरि प्रसाद नेपालले प्रतिगामी शक्ति विरुद्ध गठबन्धन भएको बताउदै रिब्दिकोटमा सधै एमालेको शासन भएकाले त्यसलाइ तोड्ने गतिलो अबसर आएको बताउनुभयो । उहाँ गठबन्धन लामो समय सम्म टिक्ने समेत बताउनुभयो ।
गठबन्धनको तर्फबाट पालिका अध्यक्ष नारायण बहादुर कार्कीले आफुले पाउने तलब सुबिधा कोष मार्फत दलित उत्पीडित समुदायको लागि खर्च गर्ने बताउनुभयो । उहाले आफू सेबा गर्नकै लागि पालिका अध्यक्ष हुन चाहेको बताउनुभयो । उहाले रोजगारी कृषि शिक्षामा आफ्नो प्रमुख ध्यान जाने समेत बताउनुभयो ।
तलब भत्ता गरिब एवम विपन्न नागरिकलाई दिन्छ, नगरप्रमुख उम्मेदवार श्रेष्ठ
पाल्पा– सत्तारूढ गठबन्धन तानसेन नगरका मेयरपदका उम्मेदवार सन्तोष लाल श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचनमा मेयर पदमा जित हासिल गरे तलब भत्ता नलिइ गरिब एवम विपन्न नागरिकहरूको लागि सहयोग गर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस तानसेन वडा न ११ बन्दिपोखरा घर दैलो कार्यक्रम उहाले उक्त कुरा बताउनुभएको हो ।
उम्मेदवार श्रेष्ठले भन्नू भयो“ अब मेरो छोरा छोरीलाई पढाउन,जागिर लगाउन पर्ने अवस्था छैन। भविष्यका लागि रकम जम्मा गर्न पनि आवह्यक छैन त्यसैले आगामी निर्वाचनमा मेयर पदमा विजयी भए आफ्नो तलब भत्ता नगरबासी गरिब एवम विपन्न परिवारका लागि कोष खडा गरि रकम हस्तान्तरण गर्छ उहाले बताउनुभयो ।
त्यस्तै मेयर पदका उम्मेदवार श्रेष्ठले तानसेनका १४ वटै वडामा एक घर एक धारा अभियानलाई अगाडि बढाउने,विधुतिकरण गर्ने एवम स्तरउन्नति गर्ने,वडाहरूमा स्वास्थ्य ईकाइको स्थापना,प्रविधि मैत्री शिक्षाको विस्तार,यातायातका लागि सडकको विस्तार एवम स्तरउन्नत गर्ने ,पर्यटन,आधुनिक कृषि प्रणालीको विकास गर्ने बताउनुभयो ।
तानसेनको शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रलाई प्राथमिकता राखी ग्रामीण क्षेत्रको विकास गर्ने बताउनुभयो । तानसेन नगरपालिका पुरानो नगर पालिका रहेको र विगत समयमा विकासको हिसाबले पछाडि परेको नगरपालिका रहेकोले आगामी दिनमा तानसेनलाई पर्यटन,कृषिको माध्यमबाट समुन्नत तानसेन नगरपालिकाको निर्माण गर्ने बताउनुभयो ।
यता नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको बाम लोकतान्त्रीक गठबन्धनले आज रैनादेबी छहरा २को सोमादी र सर्देवामा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । गठबन्धनकाको तर्फबाट गाउपालिका अध्यक्ष पदका उम्मेदवार रुक्मांगद भट्टराई उपाध्यक्षका उम्मेदवार युवराज थापा वडा अध्यक्ष पदका उम्मेदवार दान बहादुर पौडेल लगायतले बिकास र समृद्धिको लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
कार्यक्रमलाई संबोधन गर्दै नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ ,नेकपा माओवादि केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र बिक लगायतले गठबन्धनको रैनादेबी छहरामा आत्याधिक मत सहित जित सुनिश्चित रहेको भन्दै जनताहरुलाई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको प्रचार प्रसार समितिका उपसंयोजक पदम सोमैले जानकार दिनुभयो ।
नेपाली कांग्रेसले बुधबार रामपुरका विभिन्न टोलहरुमा मतदाता शिक्षा सम्पन्न गरेको छ । यस्तै निस्दी गाउँपालिकामा विभिन्न कोणसभाहरु सम्पन्न भएका छन् । तिनाउँ गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरुले घरदैलोमा पुगेर मतदाता शिक्षासँगै जनताको अपेक्षा संकलन गरिरहेको उपाध्यक्ष पदका उम्मेदवार लालबहादुर थापाले बताउनुभयो ।

≪ Previous Post

८३ वर्षे गुरुङ आमाको खेलराजलाई आशिर्वाद–‘मेरो आशिक लाग्छ, चुनाबजितेर आउनु’

Next Post ≫

सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने एमालेको प्रतिबद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क