Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने एमालेको प्रतिबद्धता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने एमालेको प्रतिबद्धता

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0
सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने एमालेको प्रतिबद्धता
90
SHARES
ShareTweet

तिलोत्तमा, वैशाख २२ । नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नं. १० स्थित सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने जनाएको छ । स्थानीय निर्वाचनको सन्दर्भमा पार्टीको तिलोत्तमा नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याइने उल्लेख गरेको हो ।
एमालेको तर्फबाट नगर उपप्रमुखकी उम्मेदवार जागेश्वरी चौधरीले सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालमा रुपान्तरण गर्ने विषयलाई पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले नगरमा हाल दुई ठाउँमा अस्पताल निर्माणको क्रममा रहे पनि सेमरामा नयाँ अस्पताल बन्ने स्पष्ट पार्नुभयो ।
तिलोत्तमा नगरपालिकामा हाल १५ शैंयाका दुई अस्पताल निर्माणको क्रममा छन् । वडा नं. ६ को आनन्दवन स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्न ठेक्का सम्झौता भएर निर्माण कार्य अघि बढेको छ । यस्तै वडा नं. १७ मा रहेको बीपी ग्राममा समेत १५ शैंयाको अस्पताल निर्माण गर्न ठेक्का सम्झौता भएर निर्माण कार्य अघि बढेको छ ।
सेमरबजार स्वास्थ्य चौकीमा हाल रोटरी क्लवसँगको सहकार्यमा प्रसुति सेवा केन्द्र समेत सञ्चालनमा रहेको छ भने बर्थिङ्ग सेन्टर र एम्बुलेसन्स सेवा पनि रहेको छ । जनप्रतिनिधि आएसँगै तिलोत्तमाका सबै वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् ।
एमालेले आफ्नो प्रतिबद्धता पत्रमा स्वास्थ्य बीमालाई सबै नागरिकको पहुँचमा पुर्याउने, प्रदेशिक मेडिकल कलेजको निर्माण एवं सञ्चालनका लागि नेपाल सरकारसँग आवश्यक समन्वय र पहल गरिने, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रलार्ई सुविधायुक्त बनाइ तिनको स्तर वृद्धि गरिने उल्लेख गरेको छ । आवश्यकतानुसार जनतालाई सहज र सुपथ मूल्यमा औषधी उपलब्ध गराउने पसलहरूको सञ्चालन नगरपालिका आफैले गर्ने कार्यका लागि पहल गरिने पनि एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस्तै सुत्केरी, जेष्ठ नागरिक घुम्ती सेवा, नवजात शिशु स्वास्थ्यमा विशेष ध्यान दिइने, पोषण कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइने, बालबालिकाका लागि खोप सेवा र गर्भवती तथा सुत्केरी महिलालाई पोषणसहितको सुविधा उपलब्ध गराउने कार्यलाई थप प्रभावकारी बनाउने पनि एमालेको प्रतिबद्धता छ । प्रत्येक वार्डमा दक्ष नर्ससहितको चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराइने एमालेको प्रतिबद्धता छ ।

≪ Previous Post

मतदाता शिक्षा घरघरमा पु¥याउँदै कांग्रेस पाल्पा

Next Post ≫

बुटवलमा थारु समुदायको समर्थन गठबन्धनलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क