Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘तिलोत्तमाका हरेक सडक कालोपत्रे नगरपालिकाको बजेटबाटै’
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘तिलोत्तमाका हरेक सडक कालोपत्रे नगरपालिकाको बजेटबाटै’

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0
‘तिलोत्तमाका हरेक सडक कालोपत्रे नगरपालिकाको बजेटबाटै’
60
SHARES
ShareTweet

तिलोत्तमा, २१ बैशाख । रुपन्देहीको तिलोत्तमामा गठबन्धनले सबै सडक नगरपालिकाकै बजेटमा कालोपत्रे गर्ने योजना तयार पारेकोे छ । हाल कायम रहेको ६०–४० प्रतिशत लगानीको प्राबधान खारेज गर्दै नगरका सबै भित्रि सडक कालोपत्रे गर्दा उपभोक्ताबाट रकम नउठाइने र नगरकै लगानीमा निमार्ण गरिने कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खांणले बताउनुभयो ।
‘हामी जनताको सेवामा जुटेका र्छौ,यसअघिको सरकारले काम भन्दा गफ नै लगाएर प्रचारमात्र गर्यो,हामी काम गरेर देखांउछौं ।’— उहाको भनाइ छ ।यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्रमै यो कुरा उल्लेख गरेपछि तिलोत्तमामा नागरिक उत्साहित भएका छन् ।
भौतिक तथा पूर्वाधार बिकासमा कांग्रेस नेतृत्वले सम्बोधन गरेपछि स्थानीयहरु खुसी भएका छन् । तिलोत्तमा ११ का तेजबहादुर खत्रीले जनतामा उत्साह भरिएको बताउनुभयो ।
स्थानीय रामबहादुर गुरुङ भन्छन् —‘यसपटक जनताले चिनेको र सुखदुखमा सधै भेटिने उम्मेदवारलाइ रोज्ने हो,गफ भन्दा काम गर्नेलाइ सहयोग गरिन्छ ।’
तिलोत्तमामा बाहिरी सडकको बढी चर्चा भएपनि भित्रि सडकको बेहाल अवस्था रहेकाले जनताले यसपटक बिकल्पमा गठबन्धनलाइ रोज्ने उहाको दाबि छ ।
भ्रष्टचारमुक्त तिलोत्तमा नगर भन्ने मुल मन्त्रसहित रुपन्देहीको तिलोत्तमामा गठबन्धनले प्रतिबद्धतापत्र सार्बजनिक गरेको थियो । त्यस्तै तिलोत्तमामा ५ वर्ष भित्र चक्रपथ निर्माण कार्य सम्पन्न गरिने र भित्री सहकहरुमा सडकबत्ती व्यवस्थापन प्रभावकारी बनाउने भनिएको छ ।नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डे चुनावी मैदानमा हुनुहुन्छ ।

≪ Previous Post

तिलोत्तमा १६ र १७ मा गठबन्धनको घरदैलो

Next Post ≫

८३ वर्षे गुरुङ आमाको खेलराजलाई आशिर्वाद–‘मेरो आशिक लाग्छ, चुनाबजितेर आउनु’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क