Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा एमालेले थाल्यो मिडिया प्रोपोगाण्डा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा एमालेले थाल्यो मिडिया प्रोपोगाण्डा

संसारपोस्ट संवाददाता · २० बैशाख २०७९ · 0
बुटवलमा एमालेले थाल्यो मिडिया प्रोपोगाण्डा
50
SHARES
ShareTweet

कांग्रेस उम्मेदवारविरुद्ध अपवाह फैलाउनेलाई कार्बाही गर्न माग
बुटवल, २० बैशाख । चुनाबी अभियानबाट अत्तालिएर नेकपा एमालेले मिडिया प्रोपोगाण्डा शुरु गरेको छ । एमालेले दर्ता नभएको केही अनलाइनको प्रयोग गरी बुटवलका उम्मेदवार खेलराज पाण्डेविरुद्ध अफवाह फैलाउन थालेको हो ।
उम्मेदवार पाण्डेको चुनाबी माहोलबाट अत्तालिएर एमालेले केही मिडिया प्रयोग गरी विगतको चुनावका भ्रमपूर्ण सूचना फैलाएको कांग्रेस नेताहरुले बताएका छन् ।
कांग्रेसका इमान्दार र सादगी नेता खेलराज पाण्डेका विरुद्धमा गत निर्वाचनको विषयलाई लिएर आर्थिक हिनामिना गरेको आरोप लगाएको भन्दै कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेशमान सिंह, कांग्रेसका क्षेत्रीय प्रतिनिधि गोपाल पाण्डे, बुटवल उद्योग वाणिज्य संघका सचिव मुक्ति अधिकारीले विज्ञप्ति निकाल्दै भ्रामक समाचार प्रकाशन गर्ने अनलाइनलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरेका छन् ।
उनीहरुले विज्ञप्ति निकाल्दै भनेका छन्–‘२०७४ सालको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकाका उम्मेदवार खेलराज पाण्डेले ४० लाख रुपैयाँ आर्थिक हिनामिना गरेको भन्ने कुरा कपोलकल्पित र भ्रामक भएको र सो विषयमा कुनै पनि विवाद नभएको स्पष्ट पार्दै त्यसबेलाको आर्थिक हिसाबकिताब पारदर्शी रहेको व्यहोरा जानकारी गराउँछौं । यसरी भ्रामक विवरण उल्लेख गरी हामीसँग प्रतिक्रिया नै नलिई गलत समाचार लेख्ने अनलाइनलाई सो विषय पुष्टि गर्न हामी चुनौती दिन्छौं ।’
अरु के छ भन्ने नामको दर्ता नभएको अनलाईन चलाएर भ्रामक समाचार प्रकाशन गरेर एमाले चुनाबबाट अत्तालिएको उल्लेख गर्दै उनीहरुले प्रोपोगाण्डा नगर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ–‘अरुकेछ नामको सो अनलाईनमा सम्पादकीय टीमको विवरण उल्लेख नभएको, कुनैपनि निकायमा दर्ता नभएको र सो अनलाईन कसले सञ्चालन गरेको भन्ने विवरण उल्लेख नभएकाले विपक्षीहरु चुनाबी अभियानबाट अत्तालिएर यस्तो प्रोपोगाण्डा गरेको हामीलाई लागेको छ । हामीहरु समेत संलग्न भएको व्यवसायिक संस्था बुटवल उद्योग वाणिज्य संघलाई समेत जोडेर बदनाम गर्नेगरी यो समाचार आएको छ । इखबर नेपाल नामको अनलाईनले समेत समाचारमार्फत भ्रामक सन्देश प्रवाह गरी चुनाबी प्रोपोगाण्डा मच्याएको छ । चुनाबी प्रोपोगाण्डा मच्याउने यी दुवै अनलाईनलाई तुरुन्त कानुनी कारबाही गर्न प्रेस काउन्सिल नेपाल समक्ष माग गर्दै भ्रामक समाचारको पछि नलाग्न आम जनसमुदायहरुमा हार्दिक अनुरोध गर्दछौं ।’
गलत र भ्रामक समाचार प्रकाशन गर्ने अनलाईनलाई तत्काल भ्रमपूर्ण समाचार सच्याउन आग्रह गर्दै उनीहरुले कानूनी उपचार खोज्ने जनाएका छन् ।

≪ Previous Post

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने उद्योगी व्यवसायीको प्रतिवद्धता

Next Post ≫

प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाका लागि शान्ति समाजको प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क