Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने उद्योगी व्यवसायीको प्रतिवद्धता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने उद्योगी व्यवसायीको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · २० बैशाख २०७९ · 0
सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने उद्योगी व्यवसायीको प्रतिवद्धता
70
SHARES
ShareTweet

बुटवल, २० बैशाख । बुटवलका उद्योगी व्यवसायीहरुले यो पटक काँग्रेसका उम्मेदवारलाई भोट दिने प्रतिवद्धता व्यक्त गरेका छन् । अघिल्लो पटक एमाले उम्मेदवारलाई भोट दिएर जिताएपनि आफूरुसंग गरेका बाचा विपरित चर्को कर थोपरिदिएको र उद्योगी व्यवसायीलाई प्रतिकुल हुनेगरी कार्यक्रमहरु ल्याएको भन्दै अहिले नगरपालिकामा नेतृत्व परिवर्तन गर्न आफूहरु तयार रहेको बताएका हुन् ।
सत्ता गठबन्धनको तर्फबाट मंगलबार बुटवलमा आयोजना गरिएको उद्योगी व्यवसायी भेलामा सहभागि भएका उनीहरुले काँग्रेस प्रति आफूहरुको आशा र भरोसा बढेको बताएका हुन् । उनीहरुले काँग्रेस नेतृत्वमा बनेको गठबन्धनका उम्मेदवारलाई जिताउने पनि प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले नगरपालिकालाई उद्योगी व्यवसायीको साझा थलो बनाउने र उद्योग–व्यवसायमैत्री नीति लिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बुटवलमा लगानीको वातावरण बनाउने र लगानीकर्तालाई उत्साहित गर्ने कार्यक्रम ल्याउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साना व्यवसायलाई संरक्षण गर्ने नीति लिईने बताउँदै मेयर उम्मेदवार पाण्डेयले ठूला उद्योगी व्यवसायीलाई सम्मान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै लिईँदै आएको करलाई घटाउने र वैज्ञानिक प्रणाली लागु गरेर कर निर्धारण गरिने उहाँको भनाई छ । त्यस्तै कर निर्धारणमा पनि उद्योग व्यवसायीको राय सुझाव लिईने र सोही अनुसार निर्धारण गरिने उहाँले बताउनु भयो ।
कार्यक्रममा गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योगी व्यवसायीलाई संरक्षण गर्ने गरी नगरपालिकाले नीति बनाउने बताउँदै गठबन्धनको तर्फबाट बनेका उम्मेदवारलाई मतदान गरि विजयी गराउन आग्रह गर्नुभयो ।
त्यस अवसरमा गठबन्धनको तर्फबाट खिमनारायण पराजुली, पदम श्रेष्ठ लगायतले यो पटक गठबन्धनको पक्षमा जनलहर देखिएकोले जीत सुनिश्चित भएको बताउनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्की, उद्योगी व्यवसायी समन्वय समितिका संयोजक खिमबहादुर हमाल, बिमलराज भट्टराई लगायतले भनाई सहित गठबन्धनका उम्मेदवारलाई जिताउन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

≪ Previous Post

तिलोत्तमा १३ र १४ मा मेयर उम्मेद्वार खाँणको प्रतिबद्धता : नागरिकता र खानेपानीको समस्या समाधान गर्छौं

Next Post ≫

बुटवलमा एमालेले थाल्यो मिडिया प्रोपोगाण्डा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क