Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा १३ र १४ मा मेयर उम्मेद्वार खाँणको प्रतिबद्धता : नागरिकता र खानेपानीको समस्या समाधान गर्छौं
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा १३ र १४ मा मेयर उम्मेद्वार खाँणको प्रतिबद्धता : नागरिकता र खानेपानीको समस्या समाधान गर्छौं

संसारपोस्ट संवाददाता · २० बैशाख २०७९ · 0
तिलोत्तमा १३ र १४ मा मेयर उम्मेद्वार खाँणको प्रतिबद्धता : नागरिकता र खानेपानीको समस्या समाधान गर्छौं
160
SHARES
ShareTweet

तिलोत्तमा, २० बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले तिलोत्तमा भित्र नागरिकता र खानेपानीको समस्यालाई जरैदेखि हटाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । नेपाली कांग्रेस र माओबादी केन्द्र मिलेर बनेको गठबन्धनमा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार बनेका खाँणले तिलोत्तमामा रहेका हरेक समस्या समाधानका लागि गठबन्धनलाई बिजयी बनाउन आग्रह गरे ।
तिलोत्तमा वडा नम्बर १३ र १४ मा गठबन्धनका उम्मेद्वारहरुसंगको घरदैलो तथा कोणसभामा बोल्दै मेयरका उम्मेदवार खांणले तिलोत्तमाको यो क्षेत्रमा रहेको खानेपानी र नागरिकताको समस्यालाई जरैदेखि समाधान गर्ने प्रतिवद्धता जनाए । उनले तिलोत्तमा १३ र १४ मा खानेपानी र नागरिकताको समस्या रहेको क्षेत्रमा सहज र शुद्ध खानेपानीको व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अहिलेको एमाले नेतृत्वको तिलोत्तमा नगरले वेवास्ता गरेका कारण जनताका समस्या सम्वोधन हुन नसकेको बताए ।
उनले तिलोत्तमामा अव्यवस्थित बसोबास रहेकोले यसको व्यवस्थापन छिट्टै गरिने बताए । यी वडाहरुमा एमाले नेतृत्वको तिलोत्तमाले ध्यान दिन नसकेको बताउँदै आफुले जितेसंगै सबै वडा र सबै गाउँको समान विकास गरिने बताए । उनले अघिल्लो पटक पनि चुनावी मैदानमा गएको र ५ वर्षको अवधिमा जनतासंग नजिकबाट घुलमिल भएकोले सबै क्षेत्रका समस्याको बारेमा आफु जानकार रहेको उल्लेख गर्दै यो क्षेत्रमा हुने नदि काटनको समस्या दीर्घकालीन योजना बनाएर समाधान गर्ने दाबी गरे । उनले तिलोत्तमा भित्रका जुनसुकै सडक स्तरउन्नति गर्ने क्रममा पर्ने जग्गा वा घरको लागि उचित मुआब्जा प्रदान गरिने पनि प्रतिबद्धता ब्यक्त गरे ।
माओबादीबाट उपमेयरका उम्मेद्वार हेमराज पाण्डे(हेमन्त)ले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने योजना सहित गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी बनाउन आग्रह गरे ।
तिलोत्तमा १३ टिकुलीगढमा मेयर पदका उम्मेद्वार खाँण, उपमेयर पदका उम्मेद्वार पाण्डे संगै वडा अध्यक्ष पदका उम्मेद्वार नारायण ढकाल, सदस्य पदका उम्मेद्वारहरु केशवराज भण्डारी, राम प्रसाद थारु, महिला सदस्य पदका उम्मेद्वार लिला देवी छन्त्याल, दलित महिला सदस्य पदका उम्मेद्वार सम्झना परियारको टोलीले घरदैलो समेत गरेको थियो ।
यस्तै तिलोत्तमा नगरपालिका १४ बनकट्टीमा मेयर पदका उम्मेद्वार खाँण, उपमेयर पदका उम्मेद्वार पाण्डे संगै वडा अध्यक्ष पदका उम्मेद्वार अश्विन पौडेल, सदस्य पदका उम्मेद्वारहरु भुपाल सिंह छन्तेल र सन्तविर चौधरी, महिला सदस्य पदका उम्मेद्वार विष्णुमाया पुन र दलित महिला सदस्य पदका उम्मेद्वार विष्णुमाया सावतको टोलिले घरदैलो गरेको थियो ।

≪ Previous Post

प्रदेश राजधानी सारेको एमालेको बुटवललाई आर्थिक राजधानी बनाउने अर्को फण्डा

Next Post ≫

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने उद्योगी व्यवसायीको प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क