Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश राजधानी सारेको एमालेको बुटवललाई आर्थिक राजधानी बनाउने अर्को फण्डा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश राजधानी सारेको एमालेको बुटवललाई आर्थिक राजधानी बनाउने अर्को फण्डा

संसारपोस्ट संवाददाता · २० बैशाख २०७९ · 0
प्रदेश राजधानी सारेको एमालेको बुटवललाई आर्थिक राजधानी बनाउने अर्को फण्डा
100
SHARES
ShareTweet

बुटवल, २० बैशाख । प्रदेशको स्थायी राजधानी दाङ सारेपछि एमालेले यतिबेला आर्थिक राजधानीको फण्डा अघि सारेको छ । बुटवललाई प्रदेशको राजधानी नबनाएको एमालेले बुटवलबासीलाई भ्रममा पार्न चुनाबको समयमा आर्थिक राजधानी बनाउने फण्डा अघि सारेको हो । जसका लागि एमालेले मिडियाबाजी शुरु गरेको छ । जसरी एमालेले स्थानीय सरकारका अधिकार क्षेत्रभित्र नभएको राजधानी बनाउँछौं भनेर भोटको राजनीति ग¥यो, त्यसरी नै जनतामाझ भ्रम छर्ने प्रोपोगण्डा हो आर्थिक राजधानी ।
बुटवलबाट राजधानी दाङ सार्न एमालेले पार्टीमा ह्वीप लगाएरै निर्णय गराएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, तत्कालीन मन्त्रीहरु लिला गिरी, वैजनाथ चौधरी, दलका सचेतक भूमिश्वर ढकाल, नेताहरु भोजप्रसाद श्रेष्ठ, तुल्सी चौधरीलगायतले बुटवलबाट राजधानी सार्नका लागि लविङ गरेका थिए ।
जसमा बुटवलका नगरप्रमुख शिवराज सुवेदीले समेत सहयोग गरेका थिए । उनीलगायतले बुटवलमा राजधानी राख्न माग गर्दै भएको आन्दोलनमा सहभागी नहुन उर्दी जारी गरेका थिए ।
बुटवलमा काँग्रेसले लगातार कैयौं दिनसम्म राजधानी बुटवल राख्न माग गर्दै आन्दोलन गर्दा कुनैपनि एमालेका नेता कार्यकर्ता सडकमा आएका थिएनन् ।
अर्कोकुरा, एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने सर्तमा बुटवलबाट राजधानी सार्न सहमत भएका थिए । त्यसलगत्तै पौडेल अर्थमन्त्री बनेका थिए । तीनै अर्थमन्त्री पौडेलले पटक पटक बुटवल र काठमाडौंमा हुने कार्यक्रममा बुटवलबाट राजधानी अन्यत्र गएमा बुटवलबासीमाझ मत माग्न नआउने वाचा गरेका थिए ।
बुटवलबाट अन्यत्र राजधानी गए आगामी दिनमा भोट माग्न नआउने बाचा गरेका एमाले उपाध्यक्ष पौडेल अहिले बुटवललाई आर्थिक राजधानी बनाउने फण्डा अघि सारेर मत माग्दै हिड्नु भएको छ । संविधान र कानुनले चिन्दै नचिनेको आर्थिक राजधानी जनतालाई भ्रम पार्न र प्रभावमा पार्ने फण्डा मात्रै हो ।
यसरी एमालेले पुरै शक्ति लगाएर प्रदेशको स्थायी राजधानी दाङ सारेपछि एमालेले ल्याएको आर्थिक राजधानीको फण्डा स्थानीय सरकारको अधिकारक्षेत्रभित्र पर्दैन । स्थानीय सरकारले यो योजना अघि सार्न नसक्ने विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार यसरी स्थानीय सरकारभन्दा बाहिरका अधिकार क्षेत्रबारे प्रचार गरेर मतदाता प्रभावित गर्नसक्ने विश्लेषकहरु बताउँछन् ।
‘स्थानीय सरकारसँग स्थानीय तहमा आर्थिक या अरु राजधानी बनाउँछु भन्ने अधिकार नै हुँदैन, संघीयता विज्ञ डा. खिमलाल देवकोटा भन्नुहुन्छ –चुनाब जित्नका लागि दलहरुले यस्ता फण्डा गर्छन्, यसमा मतदाता सचेत हुनुपर्छ ।
उहाँ स्थानीय सरकारले के काम गर्ने भन्ने कुरा संविधानलाई आधार मानेर मात्रै अघि सार्नुपर्ने बताउनुहुन्छ । ‘नगरमा सार्वजनिक खानेपानीको सुविधा छैन, शौचालय छैन, विश्रामस्थल छैन, ठूलाठूला आफुले गर्ननसक्ने काम गरेर मतदाता प्रभावित गर्न यस्ता प्रचार गरिएका हुनसक्छन् ।’ उहाँले भन्नुभयो – ‘आधारभूत कुराहरुमा दलहरुले चासो दिनुपर्छ, खानेपानी, स्वास्थ्य, शिक्षाका कुरा गर्ने हो, ठूला ठूला काम गर्न स्थानीय सरकारसँग श्रोत साधन पनि हुँदैन, यदि त्यसमा अगुवाई गर्न चाहने हो भने हामी समन्वय, सहकार्य, अगुवाई गर्छु भन्न सकिन्छ ।’
‘बुटवल, तिलोत्तमा, भैरहवामा मलाई थाहा छ, त्यहाँ सार्वजनिक स्थानमा खानेपानी, विश्रामस्थल, शौचालय छैन, उहाँ भन्नुहुन्छ–यस्ता कुरामा चासो दिनुपर्ने हो, अहिलेसम्म यी काम भएनन्, यी काममा चासो दिनुपर्छ ।’
डा. देवकोटा बुटवल, तिलोत्तमा, भैरहवा जस्ता शहरमा शहरी चरित्रका योजनाहरु ल्याउनुपर्ने बताउनुहुन्छ ।

≪ Previous Post

बुटवलका पहिरो प्रभावित क्षेत्रलाई दीर्घकालिन समाधानको पहल गर्छौं : नरिश्वर पौडेल

Next Post ≫

तिलोत्तमा १३ र १४ मा मेयर उम्मेद्वार खाँणको प्रतिबद्धता : नागरिकता र खानेपानीको समस्या समाधान गर्छौं

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क